बिहीबार, असार २५, २०८३

च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

इंग्लिस क्लब चेन्लसीले च्याम्पियन्स लिग २०२०–२१ को उपाधि जितेको छ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं – इंग्लिस क्लब चेन्लसीले च्याम्पियन्स लिग २०२०–२१ को उपाधि जितेको छ।

पोर्टोको डो ड्रागो रंगशालामा शनिबार राति सम्पन्न खेलमा अर्को प्रिमियर क्लब म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले उपाधि जितेको हो।

जितका लागि कई हभाट्जले पहिलो हाफमा निर्णायक गोल गरे। मेसन माउन्टले दिएको बललाई सदुपयोग गर्दै हभाट्जले चेल्सीलाई ४२औं मिनेटमा अग्रता दिलाएका थिए।

तर खेल समय अवधिभर ६१ प्रतिशत समय बलमा नियन्त्रण बनाएको सिटीले कुनै गोल गर्न सकेन। सिटीले कुल सात प्रहार गरे पनि एकमात्र प्रहार पोस्टको दिशामा थियो।

यता चेल्सील पनि आठ प्रहार गर्न सक्यो। र, यो जितसँगै चेल्सी दुई पटक च्याम्पियन्स लिग जित्ने तेस्रो इग्लिस टिम बनेको छ। यसअघि लिभरपुल र म्यानचेस्टर युनाइटेडले पनि जितेका थिए।

चेल्सीले पछिल्लो दशकमै चार युरोपेली उपाधि जितिसकको छ। उसले २०१२ मा च्याम्पियन्स  लिग जितेको थियो भने २०१२ र २०१९ मा युरोपा लिगको उपाधि जितेको थियो।

त्यस्तै, प्रशिक्षक थोमस टुचेलले पहिलो पटक उपाधि जितेका छन्। पछिल्लो सिजन पनि पीएसजीको प्रशिक्षक रहेर फाइनल खेलेमा टुचेलले फाइनलमा बायर्न म्युनिकसँग हार बेहोरेका थिए।

त्यही कारणले पीएजीको जागिरबाट धरापमा परेका टुचेलले यो सिजनमा भने जित निकालेका छन्।

प्रकाशित: May 30, 2021| 01:00 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।