बुधबार, माघ ७, २०८२

मैत्रीपूर्ण खेलमा इराकसँग नेपाल पराजित

इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालले ६–२ गोलको हार बेहोरेको छ। इराकको बसरा सहरको किंग सलमान सिटी स्पोट्समा भएको खेलमा नेपालले २–१ गोलको अग्रताबाट पछि पर्दै ६–२ गोलको हार बेहोरेको हो।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं – इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालले ६–२ गोलको हार बेहोरेको छ। इराकको बसरा सहरको किंग सलमान सिटी स्पोट्समा भएको खेलमा नेपालले २–१ गोलको अग्रताबाट पछि पर्दै ६–२ गोलको हार बेहोरेको हो।

National life

खेलको छैटौं मिनेटमै घरेलु टिमले फ्रि किक पाएपछि बसर सहरस्थित अल फाल्हमैदानमा आला अब्दुल जहर खसिनले गोल गरेका थिए। पाँच नेपाली खेलाडीले बनाएको वाल माथिबाट गएका बल गोलकिपर किरण कुमार लिम्बुले छेक्न नसकेपछि इराकले सातौं मिनेटमै अग्रता बनायो भने नेपाल एक गोलले पछि पर्यो।

तर, नेपाल टिमले दबाब महशुस गरेन। फरवार्ड नवयु श्रेष्ठले दिएको पासलाई इराकका गोकिपरलाई छक्काउँदै अर्को फरवार्ड अन्जन विष्टले नवौं मिनेटमा गोल गरे। उनले प्रहार गरेको बल इराकका डिफेन्डरले पुनः प्रहार गरे पनि बलले पोस्टबाहिरको दिशा लिन सकेन।

यससँगै सुरुआति १० मिनेटमै खेल १–१ गोलको बराबरी भयो।

तर, विष्टले १३औं मिनेटमा अर्को राम्रो अवसर भने गुमाए। इराकका किपर फहद रहिम सँग वान टू वानको अवस्थामा उनले सिधा किपरको हातमा बल प्रहार गरेपछि नेपाल अग्रता बनाउनबाट चुक्यो।

Laxmi sunrise bank
kumari

त्यसो त खेल बराबरीमा आएपछि नै दबाब बनाउन सुरु गरेको इराकले नेपालको पोस्टमा लगातार प्रहार गरिरह्यो। त्यबीचका समयमा भने नेपाल र इराकले नेपालकै पोस्टनजिक बल खेलिरह्यो।

यो प्रकारको खेल हुँदा नेपाल दबाबमा रहेको भन्ने अर्थ लाग्छ। यसैबीच नेपालले अर्को काउन्टर अट्याक गर्दै गोल गर्‍यो।

२९औं मिनेटमा नेपालका लागि डेब्यू गरेका खेलाडी मनिष डाँगीले गोल गरेका थिए। उनले पहिलो पटक नेपाली सिनियर टिममा डेब्यू गरेका हुन्। नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा डाँगीले विराटनगरको टिमबाट खेलेका थिए।

उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेपछि उनी नेपाली टिममा परेका थिए। टिममा मात्र परेनन् उनी विश्वकप छनोटमा जाने टिममा पनि परेका थिए। र, आजको खेलको सुरुआति रोजाइमा पर्दै उनले २९औं मिनेटमा गोल गरेका हुन्।

तर, पहिलो हाफमा नेपालले यो अग्रता कायम राख्न सकेन। २–१ गोलले अघि भएको अवस्थाको ३०औं र ४०औं मिनेटमा नेपालले लगातार दुई गोल बेहार्‍यो।

मोहम्मद अब्दुल्लजहर ओबाड र अमेन हुसैन घदबनले गोल गरे। कर्नर बललाई हेडमार्फत् ओबाडले गोलमा परिवर्त नगरेका थिए।

पहिलो हाफको चोटिल समयमा घदबनले पुन: अर्को गोल गरेपछि इराकाले पहिलो हाफमै ४–२ गोलको अग्रता बनायो।

दोस्रा हाफमा नेपालले थप दुई गोल बेहोर्‍यो। खेलको ६७औं मिनेटमा सुमन अर्यालको ब्यक पास इराकका मोहनद अलि अलसमारीले गोलकिपर लिम्बूलाई छक्याउँदै नेपालको पोस्टमा प्रहार गरे।

त्यस्तै ७५औं मिनेटमा सजाद जसिमले गोल गरेर इराकलाई ६–२ गोलको अग्रता दिलाए। यससँगै इराकाले सोही गोलअन्तरका साथ नेपाललाई हरायो। यससँगै नेपालले इराकसँग चार खेले खेलेको छ र चार खेलमै हार बेहोरेको छ।

नेपालले इराकसँग २००२ को विश्वकप छनोटको खेलमा ९–१ गोलअन्तरको हार बेहोरेको थियो।

यो खेल नेपाल र इराकाले विश्वकप २०२२ छनोटको तयारीका लागि खेलेका हुन्। अब इराकाले हङकङ र कम्बोडियासँग फिफा विश्वकप २०२२ को छनोट खेल्दैछ भने नेपालले जोर्डन चाइनिज ताइपेई र अष्ट्रिेलियासँग विश्वकप छनोट खेल्दैछ।

प्रकाशित: May 30, 2021| 00:46 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।