मंगलबार, साउन १९, २०८३

कोरोना खोप किन्न करिब २७ अर्ब बजेट विनियोजन

सरकारले कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने उद्घोष गरे। 

सरकारले यसअघि भारतबाट नेपाली सेनाको समेत गरी ११ लाख र  चीनबाट अनुदानमा ८ लाख डोज खोप ल्याइसकेको छ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सि चीन फिङसँग गर्नुभएको टेलिफोन वार्तापछि थप १० लाख मात्र खोप प्राप्त हुने भएको छ।

प्रकाशित: May 29, 2021| 11:28 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्