मंगलबार, साउन १९, २०८३

क्यान्सर अध्ययन संस्थान स्थापना हुने

सरकारले भक्तपुरको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा तीन वर्षमा पूरा गर्ने जनाएको छ। वीर अस्प्तालको विस्तारित सेवालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको जानकारी दिँदै मन्त्री पौडेलले आगामी वर्ष विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य तीन वर्षमा पूरा गर्ने जनाएका हुन्।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले क्यान्सर अध्ययन संस्थान स्थापना गर्ने घोषणा गरेको छ। क्यान्सर रोगसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि आर्थिक वर्ष २०७८–७९ केन्द्रीय स्तरमा क्यान्सर अध्ययन संस्थान बनाइने भएको अर्थमन्त्री विष्णु पौडेलले उद्घोष गरेका हुन्। 

यससँगै क्यान्सर रोगसम्बन्धी विशेष सेवा दिइरहेका अस्पतालहरूलाई यसै संस्थानअन्तर्गत ल्याइने पनि उनले जानकारी दिए।

सरकारले भक्तपुरको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा तीन वर्षमा पूरा गर्ने जनाएको छ। वीर अस्प्तालको विस्तारित सेवालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको जानकारी दिँदै मन्त्री पौडेलले आगामी वर्ष विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य तीन वर्षमा पूरा गर्ने जनाएका हुन्।

प्रकाशित: May 29, 2021| 11:25 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्