मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • शिक्षा/स्वास्थ्य
  •  ३९७ स्थानीय तहका आधारभूत अस्पताल २ वर्षभित्र सञ्चालन गरिने, स्वास्थ्य स्वयंसेविकाको भत्तामा शतप्रतिशत वृद्धि

 ३९७ स्थानीय तहका आधारभूत अस्पताल २ वर्षभित्र सञ्चालन गरिने, स्वास्थ्य स्वयंसेविकाको भत्तामा शतप्रतिशत वृद्धि

अझसम्म पनि सञ्चालन नभएका स्थानीय तहका अस्पताल सञ्चालनमा ल्याउन ६ अर्ब १५ करोड विनियोजन गरिएको उनको भनाइ छ। स्थानीय स्तरमा सञ्चालनमा हुने पोषण कार्यक्रमका लागि बजेट विनियोजन भएको उनले भनाइ छ। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं-  सरकारले ३९७ स्थानीय तहका ५, १० र १५ शय्याका आधारभूत अस्पताल दुई वर्ष भित्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो उद्घोष गरेका हुन्। 

अझसम्म पनि सञ्चालन नभएका स्थानीय तहका अस्पताल सञ्चालनमा ल्याउन ६ अर्ब १५ करोड विनियोजन गरिएको उनको भनाइ छ। स्थानीय स्तरमा सञ्चालनमा हुने पोषण कार्यक्रमका लागि बजेट विनियोजन भएको उनले भनाइ छ। 

मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाकालाई दिइने भत्तामा शतप्रतिशत वृद्धि गरी १२ हजार पुर्‍याइएको बजेट वक्तव्यमा उल्लेख छ। मलेरिया एड्स तथा यौन क्षय रोग न्यूनीकरणका लागि १ अर्ब ४६ करोड विनियोजन भएको छ। 

वर्षमा एक पटक ४० वर्षमाथिका नागरिकको रक्तचाप, ग्लुकोज जाँच, स्तन क्यान्सर र मुखको क्यान्सरको निशुल्क जाँचको व्यवस्था मिलाइएको छ। 

प्रकाशित: May 29, 2021| 10:48 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्