बुधबार, माघ ७, २०८२

आईपीएलका बाँकी खेल सेम्टेम्बर-अक्टोबरमा यूएईमा हुने 

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका बाँकी खेल युनाईटेड अरब इमिरेट्स (यूएई) मा हुने भएका छन्।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- १४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका बाँकी खेल युनाईटेड अरब इमिरेट्स (यूएई) मा हुने भएका छन्। इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बाँकी खेल आउँदो सेम्टेम्बर–अक्टोबरमा यूएईमा गर्ने बताएको हो। 

National life

आईपीएलको बाँकी खेलका लागि बीसीसीआईको विशेष संयन्त्रको आज (शनिबार) बसेको भर्चुअल बैठकले निर्णय लिएको हो। त्यस्तै बीसीसीआईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट पनि समय व्यवस्थापनबारे सहयोगको अपेक्षा गरेको छ। 

आईसीसीले पनि सोही समयमा क्रिकेट टी–२० विश्वकप आयोजना गरेको छ। अबको आईपीएलका बाँकी खेल सेम्टेम्बर २० बाट सुरु गर्ने तयारी थालेको हो। आज शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा इन्डियामा मनसुन सिजन परेकाले प्रतियोगिता युएईमा गर्ने लेखिएको छ। सेम्टेम्बरमा आईपीएल सुरु गर्दा बीसीसीआईले केही समस्या भने भोग्नुपर्ने छ।

अब इन्डियाले इङ्ल्याण्डसँग खेल्ने पाँच खेलको टेस्ट सिरिज सेम्टेम्बर १४ मा सकिँदैछ। त्यसको एक हप्तापछि इङ्ल्याण्डको टिम बंगलादेश प्रस्थान गर्नेछ। र, सेतो बलको खेलमा पाकिस्तान पनि जानेछ। यता क्यारेबियन प्रिमियर लिग पनि अगस्ट २८ बाट सेप्टेम्बर १९ सम्म आयोजना हुँदैछ।

प्रकाशित: May 29, 2021| 09:46 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।