बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इराक र नेपालबीचको मैत्रीपूर्ण खेल आज हुँदै, के भन्छन् प्रशिक्षक र कप्तान ?

इराक र नेपालबीचको मैत्रीपूर्ण खेल आज हुँदै, के भन्छन् प्रशिक्षक र कप्तान ?

फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअघि आज (शनिबार) नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं - फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअघि आज (शनिबार) नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ। छनोट तयारीमा रहेको नेपालले अभ्यासस्वरुप इराकसँग खेल्न लागेको प्रशिक्षक अब्दुल्लाह अमुताइरीले बताएका छन्।

उनले खेलअघिको पत्रकार सम्मेलनमा भने, ‘यो खेल नतिजाको भन्दा धेरै प्रदर्शनको हुनेछ।’

उनले थपे, ‘यो हाम्रो युवा स्क्वाडलाई सिक्नका लागि र अनुभव गर्नका लागि हुनेछ। नतिजा हेर्ने भन्दा पनि हामीले आफैंलाई जान्ने र बुझ्ने अवसर हो। यसले भविष्यमा सुधार गर्न सहयोग हुनेछ।’

त्यस्तै राष्ट्रिय टिमका कप्तान किरणकुमार लिम्बूले इराकविरुद्ध खेल्नका लागि टिम तयार रहेको जानकारी गराएका छन्। ‘नेपालले इराकविरुद्ध खेल्न पाउनु ठूलो उपलब्धि हो। यो राम्रो अनुभव हुनेछ भन्ने लागेको छ। हामी राम्रो तयारीका साथ खेल्न जाँदैछौं,’ उनले भने।

नेपाली समयअनुसार रातिकाे सवा १० बाट अल्फायहा रंगशालामा खेल सुरु हुनेछ। र, कोभिडको जोखिमका कारण दर्शक प्रवेशलाई निषेध गरिएको छ।

प्रशिक्षक अलुमताइरीले नयाँ खेलाडीसँगै टिमले नयाँ रणनीति र फर्मेसनमा खेल्न लागेको बताएका छन्। त्यस्तै उनले अबको खेलमा नतिजा जस्तो पनि हुन सक्ने बताएका छन्।

‘हामीले नयाँ रणनीतिका साथ फुटबल खेल्दै छौं। नयाँ शैली र त्यसको कार्यान्वयन सुरुमा केही गाह्रो नै हुन्छ,’ उनले फेसबुकमा लेखेका छन्।

विश्वकप छनोटको समूह बी मा रहेको नेपालले समूह चरणको खेलमा चाइनिज ताइपेईसँग जुन ३ मा, जोर्डनसँग जुन ७ मा र अस्ट्रेलियासँग जुन ११ मा खेल्ने छ।

नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन्।

हेड टू हेड

नेपालले २००२ पछि नेपालले पहिलोपटक इराकसँग खेल्न लागेको हो। २००२ मा फिफा विश्वकप छनोटमा नेपाले इराकसँग दुई खेल खेलेको थियो। तर, दुवै खेलमा नेपालले जित निकाल्न असमर्थ रह्यो।

इराकको बगदादस्थित अखशाब रंगशालामा सम्पन्न खेलमा ९ गोलको सामना गरेको नेपालले एक गोल फर्काएको थियो। त्यस्तै त्यो खेलमा नेपालका निराजन रायमाझीले गोल गरेका थिए। अलमाटी रंगशालामा भएको दोस्रो खेलमा भने नेपालले ४–२ गोलको होर बेहोरेको थियो।

नेपालले इराकसँग तीन मात्र खेल खेलेको छ। त्यसमा नेपाल तीन खेलमै पराजित छ। सबैभन्दा पहिले एसियन गेम्समा नेपालले इराकसँग खेल्दा नेपाल ३-० गोलले पराजित भएको थियो।

यी हुन् नेपाली टिमका खेलाडी

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

प्रकाशित: May 29, 2021| 03:35 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।