आइतबार, वैशाख २७, २०८३

वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

 वरिष्ठ गायक दीप श्रेष्ठ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन्। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- वरिष्ठ गायक दीप श्रेष्ठ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन्। उनलाई उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। 

National life

गायक श्रेष्ठ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोचसमेत हुन्। दुई हप्ताअघि गायक श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको भ्वाइस अफ नेपालका निर्माता तथा उद्घोषक सुशील नेपालले फेसबुकमार्फत् जाकारी दिएका छन्। 

निर्माता नेपालले गायक श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेका छन्। 

प्रकाशित: May 29, 2021| 03:17 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्