आइतबार, वैशाख २७, २०८३

‘ओभर डोज’ अमेरिकामा प्रिमियर हुने

नेपाली कलाकारहरुले अमेरिकामा निर्माण गरेको फिल्म ‘ओभर डोज’ भोलि प्रिमियर हुने भएको छ।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं- नेपाली कलाकारहरुले अमेरिकामा निर्माण गरेको फिल्म ‘ओभर डोज’ भोलि प्रिमियर हुने भएको छ।

National life

अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित यो फिल्म मे २९ मा अमेरिकाको टेक्सस राज्यको डल्लासमा प्रिमियर हुने भएको हो।

लागुऔषध र अपराधको कथामा निर्माण भएको यस फिल्ममा प्रनिशराज पन्त, सविनजंग थापा तथा बिना श्रेष्ठको मुख्य भुमिका छ भने गौरव गुरुङ र स्वामी डिजेलगायत अमेरिकन कलाकारको पनि अभिनय छ।

सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको यो फिल्म नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको छ। सर्ट फिल्म, म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको यो टिमले लागुऔषध र अपराधमा संलग्नहरूको जीवन यात्राको कथालाई फिचर फिल्ममा निर्माण गरेको हो। 

दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका छन्। यस फिल्मलाई समयअनुकुल भएपछि संसारभर प्रदर्शन गर्ने निर्माण पक्षको भनाइ छ।

 

प्रकाशित: May 28, 2021| 13:59 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्