बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • व्यापार युद्ध : अमेरिका र चीनका व्यापार प्रतिनिधिबीच फोनवार्ता, सम्पर्क जारी राख्ने सहमति

व्यापार युद्ध : अमेरिका र चीनका व्यापार प्रतिनिधिबीच फोनवार्ता, सम्पर्क जारी राख्ने सहमति

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

बेइजिङ- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ।

National life

दुई देशबीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण मानिएको यस टेलिफोन वार्तामा तत्काल खासै प्रगति नभए पनि वार्ता प्रक्रिया भने शुरु भएको छ। वार्तामा सहभागी दुवै पक्षले करका प्रावधानमा रहेका गतिरोध सुल्झाउने तर्फ कहिले वार्ता प्रक्रिया शुरु हुन्छ भन्ने कुनै सङ्केत दिएका छैनन्।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईले व्यापार सम्बन्धका बारेमा 'आन्तरिक समीक्षा' अझै जारी रहेको बताएका छन्। चीनको वाणिज्य मन्त्रालयले चिनियाँ व्यापार प्रतिनिधि एवं उपप्रधानमन्त्री लिउ हेले समान चासोका विविध विषय उठाउनु भएको बताएका छन्।

राष्ट्रपति बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरुद्ध शुरु गरेको व्यापार द्वन्द्वका बारेमा के कस्तो रणनीति अपनाउने भन्ने बारेमा अझै केही बताउनु भएको छैन।

ट्रम्पले चीनको औद्योगिक नीति र व्यापार असन्तुलन बढेको भन्दै चीनबाट आयात हुने सामानमा करवृद्धि गरेका थिए। त्यसको प्रतिक्रियास्वरुप चीनले पनि अमेरिकी सोयाबिन खरिद स्थगन गर्नुका साथै अन्य सामानमा करवृद्धि गरेको थियो। सन् २०२० को शुरुदेखि कोरोनाभाइरस महामारी फैलिनुअघि देखि नै मध्यस्थकर्ताहरुबीच प्रत्यक्ष भेटवार्ता भएको थिएन।

Laxmi sunrise bank
kumari

द्वन्द्व सामान्यीकरण गर्ने अभिप्रायले सन् २०१९ देखि दुबै देशबीच भएको पहिलो चरणको सम्झौता बमोजिम तल्लो तहका अधिकारीहरुबीच फोनबाटै कुराकानी हुने गरेको छ। पहिलो चरणको सम्झौतामा एकअर्का मुलुकका सामानमा थप करवृद्धि नगर्ने र कतिपय सामानमाथि लागेका करहरु हटाउने सहमति भएको थियो। चीनले अमेरिकी सोयाबिनको खरिद बढाउने र अन्य सामानको आयात बढाउने प्रतिबद्धता जनाएको थियो।

कोरोनाभाइरस महामारीका कारण विश्व व्यापारमा प्रभाव पारेसँगै चीनले अमेरिकी वस्तु तथा सेवाको खरिदमा ढिलाई गरेको छ। 

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनका उपप्रधानमन्त्री लिउ हे र अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाई बीच बिहीबार बिहान टेलिफोनमा वार्ता भएको हो।

दुवै पक्षबीच समानता र आपसी सम्मानको भावना अनुरुप खुला, व्यवहारिक र रचनात्मक रुपमा वार्ता भएको छ। साथै दुवै पक्षले वार्तामा आआफ्ना चासो र सरोकारका विषय उठाएको र आगामी दिनमा निकट सञ्चार सम्पर्क स्थापित गर्ने सहमति जनाएका छन्।

प्रकाशित: May 27, 2021| 15:19 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।