बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले कोेरोना भाइरस उत्पत्तिमाथि राजनीति गरेको  चीनको आरोप

अमेरिकाले कोेरोना भाइरस उत्पत्तिमाथि राजनीति गरेको  चीनको आरोप

चीनले कोरोना भाइरसको उद्गमस्थल छानबिनमा अमेरिकाले राजनीतिकरण गरेको आरोप लगाएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं– चीनले कोरोना भाइरसको उद्गमस्थल छानबिनमा अमेरिकाले राजनीतिकरण गरेको आरोप लगाएको छ। चीनले अमेरिकाले कोरोना भाइरसको उद्गमस्थललाई लिएर राजनीतिकरण गर्नाले अनुसन्धानमा  बाधा पुग्नुका साथै महामारीको रोकथाम तथा नियन्त्रणमा समेत असर प्रभाव पर्ने बताएको छ।

National life

अमेरिकाका राष्ट्रपति जो बाइडेनले गुप्तचर संस्थालाई  ९० दिनभित्र कोरोना भाइरसको उद्गमस्थल पत्ता लगाई प्रतिवेदन पेश गर्न भनेपछि चीनले आफ्नो प्रतिक्रिया जनाएको हो। अमेरिकाको वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकाले  भाइरसको मुहान पत्ता लगाउन राजनीतिक खेल खेलेको भन्दै शक्तिको दम्भमा दोषी देखाउन  खोजिएको बताएको हो।

विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) ले  कोरोना भाइरसको उत्पत्ति चीनको वुहानबाट भएको भन्ने अध्ययन पर्याप्त नभएको भन्दै थप अध्ययन र प्रमाणहरु आवश्यक पर्ने बताएको छ।

विश्व स्वास्थ्य संगठनले भरपर्दो प्रमाण बिना वुहानबाट आएको भन्न नमिल्ने जनाएपछि बाइडेनले अनुसन्धानबाट आएका तथ्यमा एकमत नभएको भन्दै फेरी अनुसन्धान  गर्न गुप्तचरलाई निर्देशन दिएका हुन्। भाइरसको उत्पति वुहानबाट भएको भन्दै अमेरिका लगायतका देशले चीनलाई दोेषी देखाउन खोजेको बताउँदै चीनले प्रमाण र तथ्य बिना आरोप लगाउन नमिल्ने बताएको छ।

वासिङ्टनको विदेश सम्बन्ध प्रमुख तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि यान्जोङ हुआङले चीनको खुला नीतिका  कारण अमेरिकाले वुहानलाई भाइरसको केन्द्रबिन्दु भनी आरोेप लगाइरहेको बताएका छन्।

Laxmi sunrise bank
kumari

‘परिकल्पनालाई प्रमाणित गर्न त्यहाँ कुनै नयाँ तथ्य छैन, अनुसन्धानमा पारदर्शिता हुनु महत्वपूर्ण हुन्छ, बिना तथ्य र  प्रमाण चीनलाई दोष लगाउन पाइँदैन;’ उनले भनेका छन्।

प्रकाशित: May 27, 2021| 11:36 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।