बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बाइडेनको निर्देशन- कोरोनाको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट पेस गर्नू 

बाइडेनको निर्देशन- कोरोनाको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट पेस गर्नू 

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न निर्देशन दिएका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

वासिंटन- अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न निर्देशन दिएका छन्। कोरोना भाइरसको उत्पत्तिबारे विवाद भएपछि राष्ट्रपति बाइडेनले खुफिया (इन्टेलिजेन्स) एजेन्सीहरूलाई यस्तो निर्देशन दिएका हुन्। 

National life

भाइरसको उत्पत्तिबारे अध्ययन गरी राष्ट्रपति बाइडेनलाई रिपोर्ट पेस गर्न खुफिया एजेन्सीहरूले ९० दिनको समय पाएका छन्। राष्ट्रपति बाइडेनले डबल इफोर्ट लगाएर अध्ययन गर्न निर्देशन दिएका हुन्। 

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलोपल्ट कोरोना भाइरसको संक्रमण देखिएको थियो। वैज्ञानिकहरूले सामुद्रिक जीवको मासुबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने आकलन गरेका थिए। 

तर अमेरिकी मिडिया रिपोर्टहरूले चीनको ल्याबबाट भाइरस मानिसमा सरेको उल्लेख गरेका थिए। चीनले भने यो विषयलाई नकार्दै चीनका ल्याबबाट नभएर अमेरिकाकै ल्याबबाट मानिसमा कोरोना भाइरस सरेको टिप्पणी गर्‍यो। यसपछि विवादित बनेको यो विषयमा अध्ययन गरी रिपोर्ट पेस गर्न बाइडेनले निर्देशन जारी गरेका हुन्। 

कोरोना भाइरसका कारण विश्वमा ३५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब १७ करोड मानिसमा यसको संक्रमण भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 27, 2021| 05:15 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।