बिहीबार, फागुन २८, २०८२

क्यालिफोर्नियामा मास सुटिङ, ९ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले रेल यार्डमा गोली चलाउँदा ९ जनाको ज्यान गएको छ। अधिकारीहरुका अनुसार ट्रान्सपोर्टेसन अथोरिटीका एक कर्मचारी पनि छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं– अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले रेल यार्डमा गोली चलाउँदा ९ जनाको ज्यान गएको छ। अधिकारीहरुका अनुसार ट्रान्सपोर्टेसन अथोरिटीका एक कर्मचारी पनि छन्। 

National life

बीबीसीका अनुसार गोली चलाउने पनि त्यहीँको कर्मचारी हो र उसको पनि मृत्यु भएको छ। रेल यार्डमा गोली काण्ड गर्नुअघि उसले आफ्नो घरमा पनि आगो लगाएको थियो। 

गन भायलेन्स आर्काइभका अनुसार यो वर्ष अमेरिकामा मास सुटिङका २३० वटा घटना भइसकेका छन्। चार वा त्यसभन्दा बढी मानिसको ज्यान एउटा गोली काण्डमा गएको खण्डमा त्यसलाई मास सुटिङ भनिन्छ।

क्यालिफोर्नियाको स्थानीय प्रशारक सीबीएसका अनुसार रेल कर्मचारीको बैठक चलिरहँदा गोली चलेको थियो। प्रहरी घटनास्थल पुग्दा पनि गोली चलिरहेकै थियो। 
बन्दुकधारी ५७ वर्षीय स्यामुअल कसीडी हो। स्यामुअल र प्रहरीबीच गोली हानाहान नभएकाले उसले आफूलाई पनि गोली हानेको अनुमान गरिएको छ। 
 

प्रकाशित: May 27, 2021| 03:50 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।