मंगलबार, साउन १९, २०८३

नेपाललाई १० लाख डोज कोभिड भ्याक्सिन अनुदानमा उपलब्ध गराउने चीनको घोषणा

नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको भन्दै यसलाई नियन्त्रणमा लिन खोप प्रभावकारी भएकाले नेपाललाई सहयोग गर्न राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन्। यसपछि चीनले अनुदानमा १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन्। 
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन्। बुधबार बिहान नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोनमा कुराकानीका क्रममा राष्ट्रपति जिनपिङले यस्तो घोषणा गरेका हुन्। 

नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको भन्दै यसलाई नियन्त्रणमा लिन खोप प्रभावकारी भएकाले नेपाललाई सहयोग गर्न राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन्। यसपछि चीनले अनुदानमा १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन्। 

'नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज कोभिड भ्याक्सिन उपलब्ध गराउने घोषणा गर्नुभएको छ,' राजदूत यान्छीको ट्विटमा उल्लेख छ। 

यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा उपलब्ध गराएको थियो। चीनले विभिन्न स्वास्थ्य सामग्री समेत नेपाललाई उपलब्ध गराउँदै आएको छ। 

प्रकाशित: May 26, 2021| 12:06 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्