शनिबार, वैशाख ८, २०८१

विकास निर्माण थाती राखौं, खोपको व्यवस्था गरौं : भीम पराजुली

म आफू पनि अहोरात्र खटेको छु। कोही बिरामीका आफन्त छैनन् भने उनीहरूका लागि म आफैं खटेर काम गरिरहेको छु। मलाई डेढ–दुई महिनादेखि निद्रा–भोक लाग्दै छाडेको छ। निरन्तर नगरवासीको सेवामा छु।
 |  बुधबार, जेठ १२, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, जेठ १२, २०७८

प्रदेश १ का १३७ वटा स्थानीय तहमध्ये कोरोनाका कारण सबैभन्दा बढी प्रभावित हो, विराटनगर महानगरपालिका। कोरोनाको दोस्रो लहरपछि जेठ ११ गतेसम्म  विराटनगरका ८६ जनाले ज्यान गुमाएका छन्।  सक्रिय संक्रमित मात्र ५ हजार ६२४ जना छन्। ५ हजार ४५१ जना होम आइसोलेसनमा छन्। विराटनगरमा दैनिक २ सयको हाराहारीमा संक्रमित थपिने गरेका छन्। संक्रमित र संक्रमणबाट हुने मृत्युको संख्या बढ्दो अवस्था छ। कोरोना महामारी नियन्त्रण, रोकथाम र संक्रमितको उपचार लगायतका विषयमा विराटनगर महानगर प्रमुख भीम पराजुलीसँग नेपाल समयका लागि नेत्र पी अधिकारीले गरेको कुराकानी :

triton college

संक्रमण नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले के कस्ता पहल गरिरहेको छ?

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै विराटनगर महानगरपालिका कोरोना संक्रमण नियन्त्रण अभियानमा छ। संक्रमण नियन्त्रणका लागि महनागरले सीमा नाकामा कडाइ, संक्रमणको अनुसन्धान, कन्ट्रयाक ट्रेसिङ गर्दै आएको छ। यस्तै जेष्ठ नागरिक र सुत्केरीको घरमै गएर स्वाब संकलन भइरहेको छ भने एसएमएसबाट पीसीआर रिपोर्टको प्रबन्ध र निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराइरहेका छौं। महानगरपालिका क्षेत्रभित्र अहिले ५ वटा गाडी बिरामीलाई घरबाट अस्पताल लैजाने र अस्पतालबाट ल्याउने काममा प्रयोग भइरहेका छन्। आफूले प्रयोग गर्दै आएको गाडी पनि संक्रमित ओसारपसारका लागि प्रयोगमा ल्याएको छु। सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवाको प्रबन्ध गरिएको छ। शव व्यवस्थापनका लागि निःशुल्क शववाहन सञ्चालन गरिहरेका छौं। यसमा युवा साथीहरुको संलग्नता छ। 

म आफू पनि अहोरात्र खटेको छु। कोही बिरामीका आफन्त छैनन् भने उनीहरूका लागि म आफैं खटेर काम गरिरहेको छु। मलाई डेढ–दुई महिनादेखि निद्रा–भोक लाग्नै छाडेको छ। निरन्तर नगरवासीको सेवामा छु।

कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका सबै अस्पतालसँग समन्वयकारी भूमिका महानगरले निर्वाह गरिरहेको छ। विराटनगर १९ मा २५ बेडको आइसोलेसन र विराटनगर १ मा आरआरएनको भवनमा ५१ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ। शव व्यवस्थापनमा खटिने र स्वास्थ्यकर्मीका लागि मारवाडी सेवा सदन विराटनगरमा आइसोलेसन सेन्टर बनाएका छौं। संक्रमितको घरमा निर्मलीकरण गर्ने काम पनि महानगरले गरिरहेको छ। विशेषज्ञ चिकित्सकको टिम बनाएर चिकित्सकीय परामर्श दिने काम भइरहेको छ।

corrent noodles
Metro Mart
विराटनगर १ स्थित भट्टाचोकमा आरआरएनको सभाहलमा निर्माण गरिएको आइसोलेसन वार्ड।

चिकित्सकको टिमले स्वास्थ्य सावधानी अपनाउन सल्लाह दिने काम गरिरहेको छ। म आफू पनि अहोरात्र खटेको छु। कोही बिरामीका आफन्त छैनन् भने उनीहरूका लागि म आफैं खटेर काम गरिरहेको छु। मलाई डेढ–दुई महिनादेखि निद्रा–भोक लाग्दै छाडेको छ। निरन्तर नगरवासीको सेवामा छु। मैले आराम गरेको छैन। नगरवासीको सेवाबाट मलाई आशीर्वाद मिलेको छ। यसले मलाई काम गर्ने ऊर्जा मिलेको छ। दैनिक संक्रमण बढेको अवस्था छ। मृत्युदर पनि बढिरहेकै छ। निषेधाज्ञा र जनस्वास्थ्यको मापदण्ड पालना गर्न पनि म नगरवासीलाई आग्रह गर्दछु।  

आईसीयू र भेन्टिलेटरमा संक्रमितको पहुँच कस्तो छ?

कोरोना संक्रमित भएकालाई सजिलै बेड उपलब्ध गराउने गरी यसको टिम बनाएका छौं। टिमले विराटनगरका कुन अस्पतालमा कति बेड खाली छ। यसको रेकर्ड दैनिक लिन्छ। यसैका आधारमा संक्रमितलाई भर्ना गराउन सजिलो भएको छ। महानगरले भर्खर कोसी अस्पतालमा कोभिडका बिरामीको उपचार गर्ने गरी ६२ बेड सुरु गरेका छौं। महानगरकै पहलमा यो काम भएको छ। पाँच वटा आईसीयू, २५ वटा एचडीयू र बाँकी अक्सिजनसहितको बेडको व्यवस्था गरिएको छ। यसका साथै महानगरपालिकाले एउटा प्रोटोकल बनाएको छ। प्रोटोकलअनुसार होम आइसोलेसनमा रहेकालाई अक्सिजनको आवश्यकता परे घरमै गएर पनि सेवा दिइरहेका छौं। 

घरघरमा अक्सिजन सिलिन्डर लगेर राजनीति गरियो भन्ने आरोप छ नि?

जो कोरोना संक्रमणको पीडामा छ, यो कुरा उसले मात्र बुझ्छ। अस्पतालमा बेडको पाएको छैन। चिकित्सकीय सेवा पाइरहेको छैन। यस्ताका लागि अक्सिजन प्राणवायु हुने रहेछ। यो एउटा पुण्यको काम रहेछ। यसमा कुनै राजनीति गरिएको हैन, सेवा गरिएको हो। मैले कतै प्रचार गरेको पनि छैन। मेडिकल टिमले दिएको सल्लाहअनुसार घरमा लगेर अक्सिजन सिलिन्डर दिने गरिन्छ। बेड नपाएको अवस्थामा समस्या भएकालाई अक्सिजन दिने गरिएको हो। यो सेवा हो, राजनीति हैन।

संघीय र प्रदेश सरकारसँग कस्तो समन्वय छ? 

प्रदेशस्तरीय र जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (पीसीसीएमसी र डीसीसीएमसी) मा हाम्रो छलफल हुने गरेको छ। यस्ता छलफलमा मैले खोपको व्यवस्थाको कुरा उठाउने गरेको छु। कोभिड १९ विरुद्धको पहिलो डोज खोप लगाएकाले दोस्रो डोज पाउन सकेका छैनन्। उनीहरुको दोस्रो डोज लगाउने समय भइसकेको छ। खोपबारे मैले निरन्तर भन्दै आएको छु। सरकारले खोप किन्न सक्दैन भने हामीलाई अवसर दिनका लागि पनि भन्ने गरेको छु। हामी खोप किन्न तयार छौं।

विकास निर्माण थाती राखौं, खोपको व्यवस्था पहिले गरौं। सबै बजेट खोपमा लगाउनका लागि हामी तयार छौं। निजी क्षेत्रलाई पनि खरिदको अनुमति होस्। महानगरपालिका पनि खोप खरिदका लागि तयार छ। 

सरकारले खोप खरिद पनि नगर्ने र स्थानीय तथा निजी क्षेत्रलाई नदिने पनि गर्नु भएन। खोप लगायो भने पनि निमोनिया नहुने र मृत्युदर पनि कम हुने विज्ञहरूले बताउँदै आएका छन्। त्यस कारण पनि खोपमा हाम्रो जोड छ। विकास निर्माण थाती राखौं, खोपको व्यवस्था पहिले गरौं। सबै बजेट खोपमा लगाउनका लागि हामी तयार छौं। निजी क्षेत्रलाई पनि खरिदको अनुमति होस्। महानगरपालिका पनि खोप खरिदका लागि तयार छ। 

सीमा क्षेत्रमा देखिएको जोखिम व्यवस्थापनका लागि के भइरहेको छ?

सीमा क्षेत्रमा चुनौती छ। डीसीसीएमीसीमा कुरा उठाएको छु। सीमा क्षेत्रबाट प्रवेश हुनेहरुको अनिवार्य एन्टिजेन परीक्षण होस् भनेर मैले भनेको छु। अनधिकृत प्रवेशलाई रोकियोस्। खुला सिमानाका कारण चोरबाटो हुँदै नेपाल प्रवेश गर्ने पनि छन्। भारतमा जति संक्रमणम बढ्छ। हाम्रामा पनि सोहीअनुसार बढ्ने गरेको छ । परीक्षण गरेर मात्र प्रवेश दिइनुपर्छ । परीक्षण नगरी प्रवेश भए विराटनगरमा संक्रमण नियन्त्रणमा समस्या हुने हामीले भन्दै आएका छौं। महामारी नियन्त्रणका लागि सीमामा कडाइ हुनुपर्‍यो। सीमामा कडाइ भएन भने विराटनगरमा संक्रमण रोक्न समस्या छ। यो कुरा मैले पहिलेदेखि नै भन्दै आएको छु। दोस्रो लहर सुरु हुनेबित्तिकै सीमामा नियन्त्रण गर्न सकेको भए, संक्रमण यत्रो धेरै फैलने पनि थिएन।  

निरन्तरको निषेध आदेशका कारण संकटमा परेकालाई खाद्यान्नको व्यवस्था गर्न उच्च अदालतले पनि आदेश दिएको अवस्था छ। यसमा महानगरको तयारी के छ? 

संकटमा परेकाहरुलाई खाध्यान्नको व्यवस्थाका लागि जनप्रतिनिधिबीच छलफल भइरहेको छ। सहयोगी संस्थाहरुसँग पनि निरन्तर छलफल गरिरहेका छौं। सहयोगी संस्थाहरुले निःशुल्क खानाको प्रवन्ध पनि गरिरहनुभएको छ। उहाँहरुले महानगरसँग पनि समन्वय गरिरहनुभएको छ। कोरोनाको पहिलो लहर जस्तो भोकमरीको समस्या नहोस् भनेर निर्माण कार्य र उद्योग क्षेत्रको काम हामीले रोकेका छैनौं। तत्काल राहतका लागि आवश्यक देखिएको छैन। समस्या देखिएमा राहतका लागि महानगरले आवश्यक कार्य अघि बढाउनेछ।  

प्रकाशित: May 26, 2021| 12:00 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...