मंगलबार, साउन १९, २०८३

स्वास्थ्यकर्मीको सम्मानमा डब्लुएचओ प्रमुखले सभामै बजाए ताली

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेयससले स्वास्थ्यकर्मीको सम्मानका लागि सभामै ताली बजाएका छन्।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेयससले स्वास्थ्यकर्मीको सम्मानका लागि सभामै ताली बजाएका छन्। सोमबार संगठनको ७४औँ सभा उद्धाटन समारोहमा सम्बोधनकै क्रममा प्रमुख डा टेड्रोसले ताली बजाएर सम्मान प्रकट गरेका हुन्। डा. टेड्रोसले आफूसँगै ताली बजाउन सभालाई आग्रह गरेपछि सभाका सबैले ताली बजाएका थिए।  

कोभिड महामारीको कठिन परिस्थितिमा पनि विचलित नभई मानिसहरूको उपचारमा खटिएको भन्दै डा टेड्रोसले विश्वभरका स्वास्थ्यकर्मीहरूप्रति सम्मान व्यक्त गरेका हुन्। 

'आज म तपाईंहरूलाई एक क्षण पनि मौन नरहन र जतिसक्दो ठूलो आवाज निकाल्न आग्रह गर्छु, विश्वभरका प्रत्येक स्वास्थ्यकर्मीहरूको सम्मानमा ताली बजाउन, आवाज निकाल्न र विश्वास प्रकट गर्न मसँगै 'ज्वाइन' हुनुहोस्,' डब्लुएचओ सभालाई सम्बोधन गर्दै डा टेड्रोसले भने। यसपछि उनले ताली बजाउन सुरु गरेका थिए, सभाले पछ्याएको थियो। 

सम्बोधनका क्रममा डा टेड्रोसले स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य प्रणालीको जीवन भएको उल्लेख गरेका थिए। उनले संसारभर स्वास्थ्यकर्मीहरूको अभाव भएको समेत उल्लेख गरे। कोरोना संक्रमण अझ बढ्न सक्ने भएकाले उनले सबैलाई सचेत हुन आग्रह गरे।

प्रकाशित: May 26, 2021| 03:49 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्