आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतको ओडिशाको धामरा बन्दरगाह आसपास पुग्यो 'यास्' चक्रवात

भारतको ओडिशाको धामरा बन्दरगाह आसपास पुग्यो 'यास्' चक्रवात

बंगालको खाडीबाट उठेको चक्रवात तुफान 'यास्' मंगलबार शक्तिशाली तुफानमा परिणत भएको थियो।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं - बंगालको खाडीबाट उठेको चक्रवात तुफान 'यास्' मंगलबार शक्तिशाली तुफानमा परिणत भएको थियो। भारतीय मौसम विभागका अनुसार यो ओडिशाको भन्द्रक जिल्लाको धामरा बन्दरगाहबाट बुधबार बिहान ठोक्किन सक्ने आकलन गरिएको छ। तुफान ठोक्किनु भन्दा करिव ६ घन्टा पहिलेबाट यसको असर देखिने छ।

National life

यतिबेला ओडिशामा भारी वर्षा भइरहेको छ। बंगालमा दुई लाख भन्दा बढी प्रहरी तथा नागरिक स्वयंसेवक खटाइएको छ।

मुख्यमन्त्री ममता बनर्जीले यासको सामना गर्नका ७४ हजार भन्दा बढी कर्मचारी र दुई लाख भन्दा प्रहरी खटाइएको बताए। उनले आवश्यक परे सेनाको समेत सहयोग दिन सकिने बताएका छन्।

बनर्जीले मंगलबार नौ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्। भुवनेश्वरको बीजु पटनायक विमानस्थल मंगलबार राति ११ बजेदेखि बिहीबार बिहान ५ बजेसम्मका लागि बन्द गरिएको छ। 

दक्षिण पूर्व रेलवेले पनि थुप्रै रेलवे सेवालाई स्थगित गरिदिएको छ। यसको असरलाई मध्यनगर गर्दै झरखन्ड राज्यमा पनि सुरक्षा अपनाइएको छ।

यस्तै भारतीय विमानपत्तन प्राधिकरणले कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तरराष्ट्रिय विमानस्थलमा पनि बुधबार बिहान ८:३० बजेदेखि बुलुकी ७:४५ बजेसम्म उडान स्थगित गरिएको छ। यास् ओडिशा पुग्दा १३०-१४० किलोमिटर प्रतिन्टा गतिमा बहने अनुमान गरिएको छ।

प्रकाशित: May 26, 2021| 01:30 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।