मंगलबार, साउन १९, २०८३

सर्वोच्चको आदेशअनुसार शिक्षकलाई प्राविधिक ग्रेड प्रदान गर्न केन्द्रको निर्देशन

सर्वोच्चको आदेशअनुसार २०५७ साल श्रावण १ भन्दा अघि स्थायी नियुक्ति लिएका शिक्षकहरूको प्राविधिक २ ग्रेड नरोक्न केन्द्रले निर्देशन दिएको हो। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूले खाइपाई आएको प्राविधिक ग्रेड नरोक्न सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ। 

सर्वोच्चको आदेशअनुसार २०५७ साल श्रावण १ भन्दा अघि स्थायी नियुक्ति लिएका शिक्षकहरूको प्राविधिक २ ग्रेड नरोक्न केन्द्रले निर्देशन दिएको हो। 

शिक्षकको प्राविधिक ग्रेड रकम नरोक्न सर्वोच्च अदालतले २०७६ वैशाख १५ सरकारलाई आदेश दिएको थियो। उक्त आदेश कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७८ वैशाख २८ निर्णय गरेको थियो।

No description available.

प्रकाशित: May 24, 2021| 15:57 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्