मंगलबार, साउन १९, २०८३

शिक्षाक्षेत्र योजना विकास कार्यढाँचा सार्वजनिक [कार्यढाँचा सहित]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दस वर्षे नयाँ शिक्षाक्षेत्र योजना विकास गर्ने क्रममा तयार गरिएको शिक्षा क्षेत्र योजना विकास कार्यढाँचा २०७७ सार्वजनिक गरेको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दस वर्षे नयाँ शिक्षा क्षेत्र योजना विकास गर्ने क्रममा तयार गरिएको शिक्षा क्षेत्र योजना विकास कार्यढाँचा २०७७ सार्वजनिक गरेको छ।

मन्त्रालयले दसवर्षे नयाँ शिक्षा क्षेत्र योजना २०७८/२०८८ विकास गर्ने क्रममा संघ , प्रदेश र स्थानीय तहको शैक्षिक योजना विकासका लागि कार्यढाँचा तयार गरिएको जनाएको हो। शिक्षाका योजना तर्जुमा गर्दा नेपाल सरकारको तीनै तहका सरकारलाई सहजीकरण होस्, योजना तर्जुमा गर्दा योजनाको आधारभूत स्वरूप र प्राविधिक पक्षमा एकरुपता कायम गर्न कार्यढाँचा तयार पारिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको कार्य ढाँचामा नेपालमा नयाँ शिक्षा योजना बनाउनुपर्ने औचित्य, उद्देश्य, सैद्धान्तिक आधार, प्रक्रिया, सूचक, प्रस्तावित ढाँचाबारे उल्लेख छ। 

यस्तो छ शैक्षिक योजना विकास कार्यढाँचा २०७७

प्रकाशित: May 24, 2021| 13:13 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्