सोमबार, चैत ९, २०८२

स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिन माओवादीको प्रस्ताव, ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न माग

'संक्रमितहरुको जीवन रक्षा गर्न आफ्नो जीवनलाई पनि मृत्युको हत्केलामा राखेर कोभिडको महाविपत्तिमा आफ्नो दायित्व निर्वाह गर्ने सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत भत्ता सुविधा दिनुपर्नेछ,' स्थायी समितिबाट पारित प्रस्तावमा उल्लेख छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिन प्रस्ताव गरेको छ। कोरोना नियन्त्रणका लागि पार्टीको स्थायी समितिले पारित गरेको नीति कार्यक्रम र संरचनासम्बन्धी प्रस्तावमा कोभिड नियन्त्रणमा खट्दा ज्यान गुमाउने स्वास्थ्यकर्मीलाई सहिद घोषणा गराउन पहल गर्ने विषयसमेत उल्लेख छ। 

National life

'संक्रमितहरुको जीवन रक्षा गर्न आफ्नो जीवनलाई पनि मृत्युको हत्केलामा राखेर कोभिडको महाविपत्तिमा आफ्नो दायित्व निर्वाह गर्ने सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत भत्ता सुविधा दिनुपर्नेछ,' स्थायी समितिबाट पारित प्रस्तावमा उल्लेख छ। यसअघि पनि भत्ता दिने निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै माओवादीले यथाशीध्र कार्यान्वयन गर्नसमेत माग गरेको छ। 

स्वास्थ्यका जनशक्तिको चौतर्फी अभाव भएकाले तत्काल पूर्ति गर्नुसमेत माओवादीक माग छ। निजी क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुको काम र सुविधाको सुनिश्चित गर्नुपर्ने समेत माओवादीको प्रस्ताव छ। 

कोरोना महामारीमा जनताको सेवा गर्दा मृत्युवरण गर्ने स्वास्थ्यकर्मीहरुलाई सहिद घोषणा गराउन पहल गर्नेसमेत माओवादीको उक्त प्रस्तावमा उल्लेख छ। 'महाविपत्तिमा जनताको सेवा गर्दा मृत्युवरण गर्ने स्वास्थ्यकर्मीहरुलाई ‘शहिद’ घोषणा गराउने पहल गरिनेछ,' प्रस्तावमा उल्लेख छ। 

बैठकले माओवादी केन्द्रले कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न कोभिड कोष खडा गर्ने प्रस्ताव समेत पारित गरेको छ। 

Laxmi sunrise bank
kumari

'पार्टीको नेतृत्वमा कोभिड कोष खडा गरिनेछ। यसमा पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचितहरुले पाउने पारिश्रमिक एवं मासिक भत्ता र बिभिन्न राजनैतिक नियुक्ति लिएकाहरुले आफूले प्राप्त गरेको आम्दानी बुझाउनु पर्नेछ,' प्रस्तावको छैटौँ बुँदामा उल्लेख छ, 'कोषमा पार्टीका सबै सदस्यहरुले न्यूनतम योगदान दिनुपर्नेछ।'

कोषमा सहयोग गर्न देशभित्र र बाहिरका सबै जनवर्गीय संगठनहरुलाई आह्वान गर्ने समेत प्रस्तावमा उल्लेख छ। कोषमा पार्टी बाहिरका व्यक्ति र संघसंगठनले पनि योगदान गर्न सक्नेछन्। कोष र कोषमा जम्मा गर्ने रकमका विषयमा थप निर्णय पार्टीको केन्द्रीय कोभिड स्वास्थ्य एकाइले लिने समेत प्रस्तावमा उल्लेख छ। यस्तै उपचारमा सहजीकरणका लागि पार्टीले जनचेतना अभिवद्धि कार्यक्रम समेत सञ्चालन गर्ने बताइएको छ। 

कोभिड नियन्त्रणका विभिन्न विषयमा छलफल गर्न सर्वदलीय र सर्वपक्षीय संयन्त्रको स्थापना गर्नुपर्ने समेत माओवादीको ठहर छ। उसले प्रधानमन्त्रीकै नेतृत्वमा त्यस्तो संयन्त्र बनाउन समेत जोड दिएको छ। 

माओवादीले विगतदेखि नै सर्वदलीय संयन्त्र बनाउन माग गर्दै आएको थियो। कोरोनाको पहिलो लहरका बेला पनि अध्यक्ष प्रचण्डले पटकपटक सर्वदलीय संयन्त्र निर्माण गर्नुपर्ने आवाज उठाएका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा नै त्यस्तो संयन्त्र आवश्यक नरहेको बताएका थिए।

यो पनि:
कोभिड कोष खडा गर्दै माओवादी, सबै सदस्यले योगदान गर्नुपर्ने [प्रस्तावको पूर्णपाठ]

प्रकाशित: May 24, 2021| 11:28 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्