सोमबार, चैत ९, २०८२

भूल्ने समस्या छ, यसरी छुट्कारा पाउनुस्

भूल्नु सामान्य कुरा हो। यो हाम्रा लागि आवश्यक पनि छ। यदि हामीलाई सबै कुरा याद रहने हो भने त्यो हाम्रो मस्तिष्कको लागि राम्रो हुँदैन। तर, महत्वपूर्ण कुरा भने स्मरण हुनुपर्छ। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

भूल्नु सामान्य कुरा हो। यो हाम्रा लागि आवश्यक पनि छ। यदि हामीलाई सबै कुरा याद रहने हो भने त्यो हाम्रो मस्तिष्कको लागि राम्रो हुँदैन। तर, महत्वपूर्ण कुरा भने स्मरण हुनुपर्छ। 

National life

आवश्यक कुरा पनि स्मरण रहदैन भने त्यो एक समस्या हुनसक्छ। विद्यार्थी जीवनमा यो लक्षण एकाग्रताको कमीले पनि देखिन सकिन्छ। तर, आयु बढ्दा मस्तिष्कका कोशिका कमजोर हुँदै जान्छन्। 

विद्यार्थी, व्यापारी, गृहणी वा अरु कुनै काम गर्ने मानिस हुन्। सबैका लागि स्मरण शक्ति निकै महत्वपूर्ण छ। स्मरण शक्ति बलियो हुनु आवश्यक छ। स्मरण शक्ति बलियो हुँदा हामीले आफ्ना दैनिक कामहरूलाई राम्रोसँग गर्न सक्छौं। 

उमेर बढ्दै जाँदा मस्तिष्कका कोशिका कम हुनथाल्छन्। जसले गर्दला स्नायु प्रणाली कमजोर हुन्छ। जसले गर्दा हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ।

अध्याधिक औषधिको सेवन, मदिरा र धूमपानको सेवनले हाम्रो स्मरण शक्ति मात्र घटाउँदै अन्य रोग पनि लाग्ने जोखिम हुन्छ। यस्तै धूमपान गर्दा मस्तिष्कमा अक्सिजनको मात्रा पनि घट्छ।

Laxmi sunrise bank
kumari

यस्तै खानपानमा विशेष ध्यान दिनुपर्छ। भोजनले शारीरिक वृद्धि गर्नुका साथै मस्तिष्कको क्षमता पनि बढाउँछ। खानामा न्यूट्रिशनको मात्रा कम हुन्छ। 

जब हामी अत्याधिक तनावमा हुन्छौं त्यो समयमा हाम्रो मन अत्याधिक क्रियाशील हुन्छ। जसले एकाग्रतामा कमी ल्याउँदै विस्तारै स्मरण शक्ति कमजोर बनाउँदै लग्छ।

भागदौड युक्त व्यस्त दैनिकिले धेरै कुराको ख्याल गर्न सक्दैन। त्यसैले यसले पनि बिस्तारै विस्तारै स्मरण शक्ति कमजोर बनाउँदै लग्छ। 

दिनहुँ योगाभ्यास गर्दा स्मरण शक्ति बढ्छ। यसले लामो समयसम्म स्मरण शक्तिलाई स्वस्थ राख्न मद्दत गर्छ। योगासन गर्दा उष्ट्रासन, भुजंगासन, सर्वागासन, हलासन र शवासनले स्मरण शक्ति बढाउन मद्दत गर्छ।

प्रणायाम गर्दा मस्तिष्कमा रक्त सञ्चार राम्रो हसन्छ। जसले हाम्रो स्मरण शक्ति विस्तारै बढ्दै जान्छ। प्रणायाममा लामो र गहिरो स्वास लिनुपर्छ। कपालभाति र अनुलोम विलोम प्रणायाम गर्नुपर्छ।

यस्तै ध्यान गर्दा पनि हाम्रो स्मरण शक्ति बढ्छ। ध्यानले हामीलाई एकाग्र र शान्त बनाउँछ। जसले हाम्रो स्मरण शक्ति बलियो हुन सहयोग पुग्छ।

प्रकाशित: May 24, 2021| 01:12 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्