बिहीबार, असार २५, २०८३

सिरी ए : लिगविजेता इन्टर मिलानको सानदार बन्यो अन्तिम जित

इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी एको लिग विजेता इन्टर मिलानले अन्तिम खेलमा पनि सानदार जित निकालेको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं – इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी एको लिग विजेता इन्टर मिलानले अन्तिम खेलमा पनि सानदार जित निकालेको छ।

इन्टर मिलानको सान सिरो रंगशालामा सम्पन्न अन्तिम खेलमा उसले उडिनेसविरुद्ध ५–१ गेलको जित निकालेको हो।

खेलको पाँचौ मिनेटमा एस्ले योङ र ४४औं मिनेटमा क्रिस्टियन एरिस्कसनले गोल गरेपछि पहिलो हाफमा इन्टरले दुई गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफमा पनि तीन गोल थप्यो। लाउतारो मार्टिनेजले ५५औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरे भने इवान पेरिसिचले ६४औं मिनेटमा र ७१औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेका थिए।

उडिनेसका लागि रोबर्टो पेरेयरले पेनाल्टीमार्फत् एक गोल फर्काएका थिए। लिग सकिनु अगावै उपाधि जितेको इन्टसले सम्पूर्ण खेल पछि ९१ अंक बनाएको छ। उसले पछिल्लो सिजनमा पनि उपाधि विजेता युभेन्टसभन्दा एक अंक कम बनाएर दोस्रो स्थानमा चित्त बुझाएका थियो।

यो सिजनमा युभेन्टसले २८ जित निकालेको छ भने सात बराबरी खेल्दै तीन हार बेहोरेको छ। यता उडिनेस भने ४० अंक बनाएर १४औं स्थानमा छ।

यो सिजनमा इन्टरका लुकाकूले सिरी ए मा २४ गोल गरेका छन्। त्यस्तै, मार्टिनेजले १७ गोल गरेका छन्। एलेक्स सान्चेज र हाकिमीले समान ७–७ गोल गरेका छन्।

प्रकाशित: May 24, 2021| 00:32 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।