काठमाडौं- कोभिड–१९ को महामारीका कारण २०२० बाट एक वर्षपछि सरेको एसिया कप क्रिकेट प्रतियोगिता पुनः एक स्थगित भएको छ। सन् २०२१ को वर्षभर नै एसियाली देशको क्रिकेट तालिका व्यस्त देखिएपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले प्रतियोगिता स्थगन गरेको हो।
अब प्रतियोगिता २०२३ मा गरिने एसीसीले मे २३(आज) जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी भने श्रीलंकाले पाएको छ।
यता कोभिडको महामारीको कारण पाकिस्ता सुपर लिग र इन्डियन प्रिमियर लिग पनि स्थगित भइसकेका छन्। ती प्रतियोगिता यो वर्षको अन्तमा संचालन गर्ने तयारी गरिएको छ।
त्यस्तै श्रीलंकाले पनि श्रीलंकन प्रिमियर लिग अगस्टमा खेलाउने योजना बनाइरहेको छ।
यता हरेक दुई वर्षमा हुने एसियली प्रतियोगिता २०२२ मा पनि अर्को संस्करणमा हुँदैछ। त्यसैले २०२० को संस्करण भने २०२३ मा आयोजना गर्ने आईसीसीले बताएको हो। २०२२ को प्रतियोगिता पाकिस्तानमा र २०२३ को श्रींलकामा गर्ने आईसीसीले जानकारी दिएको छ।