बिहीबार, असार २५, २०८३

एसिया कप क्रिकेट फेरि स्थगित

कोभिड–१९ को महामारीका कारण २०२० बाट एक वर्षपछि सरेको एसिया कप क्रिकेट प्रतियोगिता पुनः एक स्थगित भएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं- कोभिड–१९ को महामारीका कारण २०२० बाट एक वर्षपछि सरेको एसिया कप क्रिकेट प्रतियोगिता पुनः एक स्थगित भएको छ। सन् २०२१ को वर्षभर नै एसियाली देशको क्रिकेट तालिका व्यस्त देखिएपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले प्रतियोगिता स्थगन गरेको हो।

अब प्रतियोगिता २०२३ मा गरिने एसीसीले मे २३(आज) जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी भने श्रीलंकाले पाएको छ।

यता कोभिडको महामारीको कारण पाकिस्ता सुपर लिग र इन्डियन प्रिमियर लिग पनि स्थगित भइसकेका छन्। ती प्रतियोगिता यो वर्षको अन्तमा संचालन गर्ने तयारी गरिएको छ।

त्यस्तै श्रीलंकाले पनि श्रीलंकन प्रिमियर लिग अगस्टमा खेलाउने योजना बनाइरहेको छ।

यता हरेक दुई वर्षमा हुने एसियली प्रतियोगिता २०२२ मा पनि अर्को संस्करणमा हुँदैछ। त्यसैले २०२० को संस्करण भने २०२३ मा आयोजना गर्ने आईसीसीले बताएको हो। २०२२ को प्रतियोगिता पाकिस्तानमा र २०२३ को श्रींलकामा गर्ने आईसीसीले जानकारी दिएको छ। 

प्रकाशित: May 23, 2021| 16:07 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।