मंगलबार, साउन १९, २०८३

प्रहरीद्वारा १० हजार अक्सिजन सिलिन्डर संकलन

नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट १० हजार अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। संकलित सिलिन्डर अस्पताल र उद्योगमा वितरण गरिएको प्रहरीले जानकारी दिएको छ। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं- नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट १० हजार अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। संकलित सिलिन्डर अस्पताल र उद्योगमा वितरण गरिएको प्रहरीले जानकारी दिएको छ। 

कोभिड-१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिन्डर खोजी अभियान थालेको थियो। सो  क्रममा आइतबारसम्म १० हजार २६ सिलिन्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा मात्रै २३३ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको हो।  तीमध्ये २०४  भरिएका र २९  खाली सिलिन्डर छन्।

आवश्यकताभन्दा बढी अक्सिजन राख्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा मौज्दाज गरिराखिएका अक्सिजन सिलिन्डर  सङ्कलन गरिएको प्रहरीको भनाइ छ। 

यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका सिलसिलामा पछिल्लो २४ घण्टामा उल्लङ्घन गर्ने एक हजार ७६७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले मास्क वितरण अभियान पनि सँगसँगै चलाइएको बताएको छ। -रासस

प्रकाशित: May 23, 2021| 15:30 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्