सोमबार, चैत ९, २०८२

सिंगापुरबाट आइपुग्यो १३ टन स्वास्थ्य सामग्री, मन्त्रालयलाई हस्तान्तरण

सिंगापुरको तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन सिंगापुर र गोर्खा ब्रुअरीको संयुक्त प्रयासमा ती सामग्री नेपाललाई प्राप्त भएको हो।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं- सिंगापुरको तामासेक फाउन्डेसनलगायतको सहयोगमा नेपाललाई करिब १३ टन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। करिब ३० लाख सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) मूल्यका ती सामग्री दाताका तर्फबाट गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले मन्त्री हृदेयेश त्रिपाठीलाई आइतबार हस्तान्तरण गरेका हुन्। 

National life

सिंगापुरको तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन सिंगापुर र गोर्खा ब्रुअरीको संयुक्त प्रयासमा ती सामग्री नेपाललाई प्राप्त भएको हो।

नेपाललाई उपलब्ध गराइएका स्वास्थ्य सामग्रीमा १ लाख २३ हजारभन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षण किट, २ लाख ५० हजार सिटोटेस्ट स्वाब किट, २ थान आरएनए एक्ट्र्याक्सन किट, २५ सय थान किट र रिजेन्ट, ३० अल्फा टेली-भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर र ४ हजार थान पल्स अक्सिमिटरलगायत छन्। यसका साथै दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने बताइएको छ। 

तामासेक फाउन्डेसन इन्टरनेसनलका सिइओ बेनेडिक्ट चिओङले कोभिड–१९ महामारीलाई नियन्त्रणमा लिन मिलेर काम गर्न आवश्यक भएकाले नेपाललाई सहयोग गरिएको उल्लेख गरेका छन्। 'तामासेक फाउन्डेसन महामारीविरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथमा छ,' चिओङको वक्तव्यमा उल्लेख छ। 

फाउन्डेसनले गत वर्ष पनि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो। स्वास्थ्य सामग्री बुझ्दै मन्त्री त्रिपाठीले तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरीबाट प्राप्त सहयोगको लागि आभार व्यक्त गरेका थिए। 

Laxmi sunrise bank
kumari

गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सिलवालले महामारीको अवस्थामा कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि तत्काल प्रयोगमा आउने सामग्रीहरु नेपाल सरकारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका थिए। 

प्रकाशित: May 23, 2021| 15:09 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्