सोमबार, चैत ९, २०८२

प्रदेश १ सरकारले कोरोनाविरुद्धको खोप दुरुपयोग गर्‍यो : कांग्रेस

 नेपाली कांग्रेसले प्रदेश १ सरकारले खोप दुरुपयोग गरेको आरोप लगाएको छ। आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोप सरकारले नै दुरुपयोग गर्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका हुन्। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

विराटनगर- नेपाली कांग्रेसले प्रदेश १ सरकारले खोप दुरुपयोग गरेको आरोप लगाएको छ। आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोप सरकारले नै दुरुपयोग गर्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका हुन्। 

National life

खोप अभियानलाई प्राथमिकता दिनुको साटो भनसुनका आधारमा पहुँच भएकाहरूलाई मात्रै लगाएर अनाधिकृत रूपमा खोपको दुरुपयोग भएको कार्कीको भनाइ छ। मुख्यमन्त्री, मन्त्री र माथिल्लो दर्जाका कर्मचारीले भनसुनका भरमा आफू निकटका मानिसलाई  मात्रै खोप लगाउने कामलाई प्रदेश सरकारले प्रश्रय दिएको आरोप विज्ञप्तिमा लगाइएको छ। 

मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख निवास, मन्त्रालय र मन्त्री निवासहरूमा आफ्ना पार्टीका नेता–कार्यकर्तालगायत आफ्ना नातागोतालाई खोप लगाउने गरिएको कांग्रेसको आरोप छ। आम नागरिकले दोस्रो डोज खोप नपाउनु र प्रदेशमा भण्डारण गरी राखिएको खोप अनाधिकृत रूपमा दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ। 

पछिल्लो केही दिनयता प्रदेशका प्रमुख अस्पताल र ल्याबहरूमा पिसिआर परीक्षण बन्द भएको तथा स्थानीय तहबाट संकलित स्वाब नमुना पनि ल्याबले परीक्षण गर्न छोडेको समेत कांग्रेसको आरोप छ। यसले प्रदेश सरकारले नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेको प्रष्ट हुने विज्ञप्तिमा भनिएको छ। 

परीक्षणलाई तीव्रता दिनुपर्ने बेला प्रदेश सरकारले किटको व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारी अस्पताल बन्द गरेर निजी अस्पतालमा बिरामी पठाउनुमा सरकारकै मानिस कमिसनको खेलमा रहेको आशंका समेत कांग्रेसको छ। सरकारले स्थापना गरेको ८० बेडको कोभिड–१९ उपचार केन्द्र मर्मतका नाममा सञ्चालनमा नआउनुले पनि प्रश्न खडा गरेको उनको भनाइ छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 23, 2021| 14:45 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्