शुक्रबार, साउन ८, २०८३

मौसम बिग्रिँदा चीनमा २१ धावकको मृत्यु

मौसममा आएको खराबीका कारण चीनको गान्सु प्रान्तस्थित पर्यटकीय क्षेत्र बाइयिन सहर नजिकै २१ धावकको मृत्यु भएको छ। तीव्र गतिको हावा र हिउँपानीको वर्षाका कारण शनिबार ती धावकहरूको मृत्यु भएको हो। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

गान्सु (चीन)- मौसममा आएको खराबीका कारण चीनको गान्सु प्रान्तस्थित पर्यटकीय क्षेत्र बाइयिन सहर नजिकै २१ धावकको मृत्यु भएको छ। तीव्र गतिको हावा र हिउँपानीको वर्षाका कारण शनिबार ती धावकहरूको मृत्यु भएको हो। 

एक सय किलोमिटर दौडका लागि गएका ती धावकहरूको वेल्लो रिभर स्टोन फरेस्टमा मृत्यु भएको बिबिसीले जनाएको छ। १७२ जना धावक हराएपछि दौड प्रतियोगिता रोकी उद्धार कार्य थालिएको थियो। चिनियाँ अधिकारीहरूले १५१ जना धावक भने सुरक्षित रहेको बताएका छन्। यीमध्ये ८ जना घाइते छन्। 

स्थानीय समयअनुसार शनिबार बिहान ९ बजे दौड सुरु भएको थियो। केही प्रतियोगीहरूले हाफ पाइन्ट र टी-सर्ट मात्र लगाएका कारण बढी क्षति पुगेको अनुमान गरिएको छ। 

उद्धार भएका प्रतियोगीहरूले हल्का हावा र वर्षाको संभावनाबारे आफूहरू जानकार भएपनि आफूहरूले अनुभव गरेजस्तो भीषण हावाहुरी र हिउँपानी वर्षाको संभावनाबारे कुनै जानकारी नभएको बताए। दौड सुरु भएको तीन घण्टापछि प्रतियोगीहरूलाई असिनापानीले चुट्न थालेको थियो। 

मौसममा खराबी आएपछि आफू फर्किएको एक धाविका माओ सुझीले रोयटर्ससँग बताएकी छन्। 'वर्षा झन् झन् बढ्दै गइरहेको थियो,' सुझीले भनिन्। मौसम बिग्रिएपछि आफू होटलमा फर्किएको तर अन्य प्रतियोगीहरूले भने दौड जारी राखेको उनले उल्लेख गरिन्। 

धावकहरू हराएपछि १२ सयभन्दा बढी उद्धारकर्ता ड्रोन र राडारसहित परिचालन गरिएको थियो। आइतबार बिहानसम्म पनि मौसममा सुधार नआएकाले उद्धार कार्य कठिन भएको थियो। 

सामाजिक सञ्जालमा मौसमको पूर्वानुमान नगरिएको भन्दै बाइयिन नगर प्रशासनको आलोचना गरिएको छ। आइतबार पत्रकार सम्मेलनमा बाइयिनका मेयर झाङ सुचेनले प्रतियोगिता आयोजना गरेर आफूहरूलाई गलत गरेको महसुस भएको उल्लेख गरेका छन्। 'प्रतियोगिता आयोजना गरेर हामीलाई गलत गरेको महसुस भएको छ। ज्यान गुमाएका धावकप्रति श्रद्धाञ्जली र उनीहरूका परिवारप्रति समवेदना प्रकट गर्छौँ,' मेयर सुचेनले भने। 

प्रकाशित: May 23, 2021| 10:17 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।