सोमबार, साउन १८, २०८३

त्रिविले बाँकी परीक्षा साउनभित्रमा सक्ने 

त्रिभुवन विश्वविद्यालयले कोभिड १९ का कारण सञ्चालन गर्न नसकिएका बाँकी रहेका सबै परीक्षा साउनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कोभिड १९ का कारण सञ्चालन गर्न नसकिएका बाँकी रहेका सबै परीक्षा साउनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

आइतबार विश्वविद्यालयका पदाधिकारीबीच भएको छलफलले अघिल्लो वर्षदेखि सञ्चालन हुन नसकेका र सञ्चालनको क्रममा रोकिएका परीक्षा साउनमा सक्ने निर्णय गरेको हो ।

विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको अहिलेसम्म अघिल्लो वर्षको परीक्षा सञ्चालन भएको छैन भने दोस्रो वर्षको पठनपाठन सुरु भइसकेको छ । यस्तो अवस्थामा विद्यार्थी भएकै स्थानबाट परीक्षा दिन पाउने व्यवस्था गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भए पनि साउनभित्र बाँकी रहेका सबै परीक्षा गरिसक्ने विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

उनले भने , ‘आजैदेखि परीक्षाको तयारीलाई अघि बढाउने र स्नातक तहका परीक्षा गर्न धेरै ढिलो भएकाले साउनभित्र सम्पन्न गर्छौं। यसकै लागि तयारी हुन विद्यार्थीलाई पनि हामीले सूचना जारी गर्ने तयारीमा छौं।

विश्वविद्यालयले परीक्षा कुन मोडालिटिबाट सञ्चालन गर्ने भन्ने निर्णय भने गरेको छैन । छलफलले अनलाइन माध्यबाट परीक्षा सञ्चालन गर्न नसक्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित: May 23, 2021| 08:54 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्