आइतबार, मंसिर १७, २०८०

त्रिविले बाँकी परीक्षा साउनभित्रमा सक्ने 

त्रिभुवन विश्वविद्यालयले कोभिड १९ का कारण सञ्चालन गर्न नसकिएका बाँकी रहेका सबै परीक्षा साउनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
 |  आइतबार, जेठ ९, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कोभिड १९ का कारण सञ्चालन गर्न नसकिएका बाँकी रहेका सबै परीक्षा साउनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

sagarmatha cement

आइतबार विश्वविद्यालयका पदाधिकारीबीच भएको छलफलले अघिल्लो वर्षदेखि सञ्चालन हुन नसकेका र सञ्चालनको क्रममा रोकिएका परीक्षा साउनमा सक्ने निर्णय गरेको हो ।

विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको अहिलेसम्म अघिल्लो वर्षको परीक्षा सञ्चालन भएको छैन भने दोस्रो वर्षको पठनपाठन सुरु भइसकेको छ । यस्तो अवस्थामा विद्यार्थी भएकै स्थानबाट परीक्षा दिन पाउने व्यवस्था गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भए पनि साउनभित्र बाँकी रहेका सबै परीक्षा गरिसक्ने विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

उनले भने , ‘आजैदेखि परीक्षाको तयारीलाई अघि बढाउने र स्नातक तहका परीक्षा गर्न धेरै ढिलो भएकाले साउनभित्र सम्पन्न गर्छौं। यसकै लागि तयारी हुन विद्यार्थीलाई पनि हामीले सूचना जारी गर्ने तयारीमा छौं।

विश्वविद्यालयले परीक्षा कुन मोडालिटिबाट सञ्चालन गर्ने भन्ने निर्णय भने गरेको छैन । छलफलले अनलाइन माध्यबाट परीक्षा सञ्चालन गर्न नसक्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित: May 23, 2021| 08:54 आइतबार, जेठ ९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थी झन् एकोहोरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको...
'जोडबल गरे अन्त्य हुन सक्छ एड्स २०३० सम्ममा'

'जोडबल गरे अन्त्य हुन सक्छ एड्स २०३० सम्ममा'

नेपालमा एचआइभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि विदेशिने युवाहरू रहेका छन्।
विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिक स्तरलाई थप उकास्न घरदैलो अभियान सुरु गरेको हो।