बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • संक्रमणबाट मृत्यु हुने चिकित्सकका परिवारलाई एक करोड दिने केजरीवालकाे घाेषणा

संक्रमणबाट मृत्यु हुने चिकित्सकका परिवारलाई एक करोड दिने केजरीवालकाे घाेषणा

भारत दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले कोरोना भाइरसबाट ज्यान गुमाउने चिकित्सकका परिवारलाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - भारत दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले कोरोना भाइरसबाट ज्यान गुमाउने चिकित्सकका परिवारलाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

National life

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि  जोखिम मोलेर अग्रपंक्तिमा काम गरिरहेका चिकित्सकलाई जोखिम भएको भन्दै दिल्ली सरकारले सहयोग गर्ने घोषणा गरेको हो।

‘कोरोना कहरमा दिनरात नभनी काम गरिरहेका स्वास्थ्यकर्मी हिरो हुन्, उनीहरूको परिवारको हेरविचार गर्नु हाम्रो दायित्व हो,’ उनले भनेका छन्। 

केही दिनअघि जीटीबी अस्पतालमा कार्यरत २६ वर्षीय  चिकित्सक अनस मुजाहिदको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

Laxmi sunrise bank
kumari

दिल्ली सरकारले उनको परिवारलाई एक करोड सहयोग गरिसकेको बताएको छ।

कोरोना भाइरसको रफ्तार कम नभएको भन्दै दिल्ली सरकारले ३१ मे एक साताका लागि लकडाउन लम्ब्याएको छ।

मुख्यमन्त्रीले युद्ध अझै बाँकी रहेको भन्दै महामारीबाट बाँच्न बचाउनका लागि लकडाउन थप्नुपर्ने बताएका छन्।

दिल्लीका स्थानीयले महामारीबाट बच्नका लागि अनुशासनको पालना गरेको भन्दै यसलाई निरन्तरता दिनुुपर्ने बताएका छन्। - बीबीसी
 

प्रकाशित: May 23, 2021| 07:38 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।