बिहीबार, असार २५, २०८३

सन्दिपलाई हटाउँदै लाहोरले फेरि राशिद खानलाई बोलायो

अफगानिस्ताको सिरजका कारण पाकिस्ता सुपर लिग (पीएसएल) गुमाएको राशिद खानलाई लाहोर कलन्दर्सले फेरि बोलाएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं – अफगानिस्ताको सिरजका कारण पाकिस्ता सुपर लिग (पीएसएल) गुमाएको राशिद खानलाई लाहोर कलन्दर्सले फेरि बोलाएको छ।

लाहोरले शनिबार साँझ यूएईमा हुने बाँकि सिजनका लागि खेलाडीको स्क्वाड सार्वजनिक गरेपछि उसले पुनः राशिद खानलाई नै बेलाएको हो।

यता आइसीसी टी २० प्लेयर अफ डिकेड बनेका राशिद टिममा परेपछि नेपाली लेग स्पिनर सन्दिप लामिछाने भने टिमबाट बाहिरिएका छन्। उनले छैटौं संस्करणका केही खेल खेलेपछि कलन्दर्स छोडेका थिए।

तर, खेलाडीमा कोभिड १९ को संक्रमण दर बढेपछि पाकिस्तान सुपर लिग स्थगित भएको थियो। त्यसपछि अब आउँदो जुनमा अबुधाबीमा हुँदैछ।

‘पीएसएलमा फर्कन पाउँदा म धेरै उत्साहित छु। मैले लाहोरबाट केही राम्रा खेल खेलेको छु। टिम उस्तै भावनाका साथ प्रतियोगितामा फर्कनेमा विश्वास गर्दछु,’ राशिदले भनेका छन्।

प्रकाशित: May 23, 2021| 05:16 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।