बिहीबार, असार २५, २०८३

ला लिगाको अन्तिम खेलमा रियल र बार्सिलोनाको जित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र उसको निकट प्रतिद्वन्दी बार्सिलोनाले दुई छुट्टाछुट्टै खेलमा जित निकालेको छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र उसको निकट प्रतिद्वन्दी बार्सिलोनाले दुई छुट्टाछुट्टै खेलमा जित निकालेको छन्।

आइबरको मैदानमा सम्पन्न खेलमा बार्सिलोनाका एन्टोनी ग्रिजम्यानले अन्तिम समयमा गोल गरेपछि बार्सिलोनाले १–० गोलको जित निकालेको हो। दुई खेल अगाबै उपाधि होडबाट बाहिरिएको बार्सिलोनाले अन्तिम खेलमा जित निकाल्दै ला लिगोको तेस्रो स्थानमा चित्त बुझाएको छ।

उसले २०२०–२१ लिगमा खराब सुरुआत गर्दै २४ जित र सात बराबरीका साथ ७९ अंक जोडेको छ। बार्सिलोनाले सिजभर ८५ गोल गर्यो भने ३८ गोलको सामना गर्यो।

त्यस्तै बार्सिलोनाका कप्तान लियोनेल मेस्सी लिगका सर्वाधिक गोलकर्ता बनेका छन्। उनले ३० गोल गर्दा दोस्रो, तेस्रो स्थानमा रहेका करिम बेञ्जिमा र गेरार्ड मोरेनोले सामान २३ गोल गरेका छन्।

त्यस्तै, शनिबार रातिको खेलमा रियल मड्रिडले भिल्लारियलाई २–१ गोलले हराएको छ। उसले आफ्नै मैदानमा एक गोलेपछि परेको अवस्थामा पुनरागमन जित निकालेको हो।

खेलको २०औं मिनेटमा येरेमी पिनोले गोल गरेपछि भिल्लाले पहिलो हाफमा अग्रता बनाएको थियो।

तर खेलको अन्तिम पाँच मिनेटमा रियलका बेञ्जिमा र लुका मोड्रिचले गोल फर्काएपछि रियलले जित निकालेको थियो। तर, यो जित रियललाई उपाधि जित्न पर्याप्त रहेन।

दुई अंकको अग्रता बनाएको एट्लेटिको मड्रिडले जारी सिजनको उपाधि जितेको छ। दोस्रो स्थानमा चित्त बुझाएको रियलले २५ जित र ९ बराबरीका साथ ८४ अंक बनाएको छ।

उसले ६७ गोल गरेको छ भने २८ गोलको सामना गरेको छ।

प्रकाशित: May 23, 2021| 00:51 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।