बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • डर्टमन्डको जितसँगै सकियो बुन्डेलिगा, यि क्लब पुगे युरोपिन कपमा

डर्टमन्डको जितसँगै सकियो बुन्डेलिगा, यि क्लब पुगे युरोपिन कपमा

जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले जित निकालेसँगै जारी सिजनको लिग सकिएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले जित निकालेसँगै जारी सिजनको लिग सकिएको छ।

इर्लिङ हाल्यान्डको दुई गोल र मार्को रिउसको एक गोलको सहयोगमा बोरुसिया डर्टमन्डले लिभरकुसनविरुद्ध ३–१ गोलको जित निकालेको हो।

जितका लागि हाल्यान्डले पाँचौ मिनेटमा गोल गरेर डर्टमन्डलाई अग्रता दिलाएका थिए। यता दोस्रो हाफको ५१औं मिनेटमा रिउसले गोल गर्दै अग्रता दोब्बर बनाए। हाल्यान्डले दोस्रो गोल ८४औं मिनेटमा गरेपछि भने डर्टमन्डले तीन गोलको अग्रता बनाएको थियो।

उत लिभरकुसनका लार्स बेन्डरले ८९औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेर खेलको नतिजा ३–१ गोलअन्तरको बनाएका थिए।

यो जितसँगै डर्टमन्डले जारी सिजनमा २० जित र चार बराबरीका साथ ६४ अंक बनाएर तेस्रो स्थानमा चित्त बुझायो।

उसले ७५ गोल गर्यो भने ४६ गोलको सामना गर्यो। यता लेभवरकुसनले १४ जित र १० बराबरीका साथ ५२ अंक बनाएर छैटौं स्थानमा चित्त बुझाएको छ।

शनिबार रातिकै खेलमा दोस्रो स्थानको आरबी लाइप्जिकले भने युनियन बर्लिनसँग२–१ गोलको हार बेहोरेको छ।

अन्य खेलको नजिता

भीएफबी सुटरगार्ट र अर्मिनियाँ (०–२)
वेर्डर र मोन्छेनग्लाबाख (२–४)
आइन्ट्राक्ट फ्रांकफर्ट (३–१)
वुल्भ्सबर्ग र माइन्ज– ०५ (२–३)
कोल्न र साल्के (१ –०)
बायर्न र आउसबर्ग (५–२)
होफेनहाइम र हेर्था (२–१)

यि हुन युरोपेली प्रतियोगिता खेल्ने क्लब

बुन्डेसलिगाको शीर्ष चारमा रहँदै बार्यन, लाइप्जिक, डर्टमन्ड र वुल्भ्सबर्गले आगामी सिजनको च्याम्पियन्स लिग खेल्नेछन्। त्यस्तै पाँचौ र छैटौं स्थानका फ्रांकफर्ट र लिभरकुसनले युरोपा लिगको समूह चरणमा स्थान बनाउने छ भने सातौं स्थानको युनियन बर्लिनले युरो लिगको छनोट खेल्न पाउनेछ।

यता तालिकाको पुछारमा रहँदै साल्के र वेर्डर लिगबाट बाहिरिएका छन्।

प्रकाशित: May 23, 2021| 00:47 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।