काठमाडौं – जर्मन बुन्डेलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिग विजेता बायर्न म्युनिखले जित निकालेको छ। बुन्डेलिगाको अन्तिम अर्थात् ३४औं चरणको खेलमा बायर्नले आउसबर्गविरुद्ध ५–२ गोलअन्तरको जित निकाल्यो।
खेलको नवौं मिनेटमै आउसबर्गका जेफ्री गोउवेलिउले आत्मघाति गोल गरेपछि आग्रता कोसेली पाएको बायर्नका सर्ज गन्याब्रीले २३औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए।
त्यसको ठिक १० मिनेटपछि जोसुवा किमिचले र किमिचले गोल गरेको ठिक १० मिनेटपछि किंग्सले कोमनले गोल गर्दा पहिलो हाफमै बायर्नले ४–० गोलको अग्रता लिएको थियो।
बायर्नको बलियो डिफेन्सबीच आउसबर्गका आन्द्रे हन र फ्लोरियनले समान १–१ गोल गरेर खेललाई ४–२ गोलको नतिजामा पुर्याए। तर, रोबर्ट लेवान्डोस्कीले अन्तिम मिनेटमा गोल गरेपछि बायर्नले सानदार जितसहित लिगको बिट मारेको छ।
यो जितसहित बायर्नले २०२०–२१ को सिजनमा ७८ अंक बनाएको छ। बायर्नले सिजभर २४ जित निकाल्यो भने चार हार बेहोर्यो। बाँकि खेल बरारबी खेल्यो।
बायर्न सय गोल पुर्याउन एक गोलले चुक्यो भने ४४ गोलको सामना गर्यो। त्यस्तै, बार्यनका फरवार्ड रोबर्ट लेवान्डोस्कीले बुन्डेसलिगामा ४१ गोल गर्दै सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएका छन्।
त्यस्तै बायर्नका थोमस मुलरले ११, सर्ज गन्याब्रीले १०, जे मुसियाला र लेरोय सानेले समान ६–६ गोल गरेका छन्।
उपाधि विजेता भएसँगै उसले आगामि सिजनको युरोपेली च्याम्पियन्स लिग खेल्ने भएको छ।