बिहीबार, माघ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • गेड मुलरलाई उछिन्दै लेवान्डोस्कीले बनाए सर्वाधिक गोलकर्ताको रेकर्ड

गेड मुलरलाई उछिन्दै लेवान्डोस्कीले बनाए सर्वाधिक गोलकर्ताको रेकर्ड

शनिबार राति सम्पन्न जर्मन शीर्ष डिभिजनमा फुटबल बुन्डेसलिगामा पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं – शनिबार राति सम्पन्न जर्मन शीर्ष डिभिजनमा फुटबल बुन्डेसलिगामा पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएका छन्। लिगको अन्तिम खेलको अन्तिम मिनेटमा गोल गर्दै लेवान्डोस्कीले लिगमा सर्बाधिक गोलकर्ताको रेकर्ड कायम गरे।

National life

उनले बुन्डेलिगा २०२०–२१ को अन्तिम चरणको खेलको ९०औं मिनेटमा आउसबर्गविरुद्ध एक गोल गर्दै एकै सिजनमा ४१ गोल गर्ने खेलाडीको रेकर्ड बनाएका हुन्। यसअघि लिगमा सर्वाधिक गोलकर्ताको रेकर्ड गर्ड मुलरको नाममा थियो।

मुलरले झन्डै ५० वर्षअघि बनाएको रेकर्डलाई लेवान्डोस्कीले यो सिजनमा ब्रेक गरेका हुन्। मुलरले १९७०–७१ सिजनमा ४० गोल गरेर रेकर्ड बनाएका थिए।

त्यसको नजिक रहेका लेवान्डोस्कीले गतहप्ता फ्रिबर्गविरुद्ध गोल गर्दै मुलरको रेकर्डसँग बराबरी गरेका थिए। शनिबार रातिको खेलमा लेरोय सानेले दिएको बललाई नेट चुमाउँदै उनले रेकर्ड आफ्नो नाममा बनाए।

लेवान्डोस्कीको महत्पूर्ण योगदानमा गएको सिजनमा बायर्नले ट्रिबल जितेको थियो। उनले सो सिजनमा बायर्नलाई जर्मन कप, बुन्डेसलिगा र च्याम्पियन्स लिग जिताएका थिए।

Laxmi sunrise bank
kumari

त्यसबाहेक बार्यनले सुपर कप र क्लब विश्वकप पनि जितेको थियो। तर, पोहोरको सिजनमा बेलोन डोर पुरस्कार रद्द भएका कारण उनी सो पुरस्कार पाउनबाट चुकेको थिए। किनभने उनी बेलोल डोर पाउन सक्ने योग्य खेलाडी थिए।

तर पनि उनी फिफा बेस्ट प्लेयरर बनेका थिए। उनले यो सिजनमा पनि समग्रमा ४६ गोल र आठ एसिस्ट गरेका छन्। ३८ खेल खेलेका लेवान्डोस्कीले ३६ खेलमा पहिलो रोजाइमा खेलेका थिए।

शनिबारको खेलमा बायर्नले आउसबर्गलाई ५–२ गोलले हराएको थियो। उनी यो सिजनमा युरोपका प्रतिष्ठित पाँच लिगका पनि सर्वाधिक गोलकर्ता हुन्।

प्रकाशित: May 23, 2021| 00:36 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।