बिहीबार, माघ ८, २०८२

आपतकालीन अवस्था आए पनि ओलम्पिक रोकिँदैन : आईओसी 

जापानमा जुलाई २३ मा आयोजना हुन लागेको टोक्यो ओलम्पिक २०२० कुनै हालतमा स्थगित नहुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले बताएको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं- जापानमा जुलाई २३ मा आयोजना हुन लागेको टोक्यो ओलम्पिक २०२० कुनै हालतमा स्थगित नहुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले बताएको छ।

National life

कोभिड १९ को महामारीका कारण गत वर्ष स्थगित भएको समर ओलम्पिक यो वर्ष जापानमा आपतकालीन अवस्था आइपरे पनि सम्पन्न हुने आईओसीका भाइस-प्रेसिडेन्ट जोन कोट्सले बताएका हुन्। 

कोरोनाभाइरसको महामारीका कारण मे ३१ सम्म टोक्यो सहरमा स्टेट अफ इमरजेन्सी घोषणा गरिएको छ। कोभिड संक्रमणको दर बढ्दै गएपछि जापानमा यो व्यवस्था गरिएको हो। ‘आपतकालीन अवस्थामा पनि हामीले मैदानमा पाँच खेलको सफलतापूर्वक जाँच गरेको देखिसकेका छौं,’ कोट्सले भने, ‘अहिलेको विकराल अवस्थामा जापानमा मानिस र विश्वभरका खेलाडीको सुरक्षका लागि योजना बनाइरहेका छौं।

उनले थपे, ‘यसको अर्थ तोकिएको समयमा खेल हुन्छ भन्ने नै हो। आपतकालीन अवस्था आइपरे पनि ओलम्पिक रोकिँदैन। विश्व स्वास्थ्य संगठन र वैज्ञानिकका अनुसार हामीले स्वास्थ्य मापदण्ड बनाएको छौँ। ती सबै मापदण्ड खेलाडीलाई खेलसम्बद्ध मानिसलाई स्वास्थ्य राख्न उचित रहेको आईओसीको ठहर छ।’

यसैबीच जापानले कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई तीव्र बनाएको छ। तर अहिलेसम्म उसले ५ प्रतिशत जनतालाई मात्र खोप दिन सकेको छ। अब ओलम्पिक सुरु हुनुअघि सबै नागरिकलाई खोप लगाउन सक्ने अवस्था भने सम्भव नभए पनि यसले सकारात्मक भाव पैदान गरेको कोट्स बताउँछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 22, 2021| 11:25 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।