बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मेस्सीले अन्तिम खेल नखेल्ने, बार्सिलोनासँगको सम्झौता पनि सकियो 

मेस्सीले अन्तिम खेल नखेल्ने, बार्सिलोनासँगको सम्झौता पनि सकियो 

स्पेनिस क्लब बार्सिलोनाले शीर्ष डिभिजनको घरेलु फुटबल ला लिगामा शनिबार राति सिजन २०२०–२१ को अन्तिम खेल खेल्दैछ। र, त्यो खेलमा कप्तान लियोनेल मेस्सी स्क्वाड बाहिर छन्।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले शीर्ष डिभिजनको घरेलु फुटबल ला लिगामा शनिबार राति सिजन २०२०–२१ को अन्तिम खेल खेल्दैछ। र, त्यो खेलमा कप्तान लियोनेल मेस्सी स्क्वाड बाहिर छन्।

सिजनको सुरु र अन्तिममा खेलाडी स्क्वाडबाहिर रहनु स्वभाविक हो। तर सम्झौताअनुसार बार्सिलोनामा मेस्सीको यो नै अन्तिम खेल थियो। यदि कप्तान लियोनल मेस्सीले बार्सिलोनासँग सम्झौता नविकरण नगर्ने हो भने उनले अब कहिल्यै बार्सिलोनाबाट खेल्ने छैनन्।

बार्सिलोनाले आज रातिको खेलका लागि स्क्वाड सार्वजनिक गर्दा मेस्सीको नाम परेको छैन। यससँगै उनका लागि ला लिगाको सिजन सकिएको छ। प्रशिक्षक रोनाल्ड कोम्यानले उनलाई बिदा दिएका छन्।

त्यसैले समर्थकको मनमा प्रश्न जागेको छ कि मेस्सीलाई बार्सिलोनामा देख्न पाइने छ÷छैन ? यसबारे न क्लबले केही बताएको छ न मेस्सीले नै। प्रतिकृया दिन खासै रुचि नराख्ने मेस्सीबारे खेलाडी ट्रान्सफर विन्डो सुरु भएसँगै बजारमा चर्चा चल्ने पक्का छ।

उनले क्लब छोड्नेबारे पछिल्लो सिजनमा पनि धेरै अफवाहहरु फैलिसकेका छन्। यसबीच उनका पिता एवम् एजेन्ट जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्ष जुवन लापोर्ताबीच कुराकानी भइरहेको स्पेनिस मिडियाले जानकारी दिएका छन्।

तर शनिबार बिहानसम्म मेस्सी वा बार्सिलानाका तर्फबाट कुनै आधिकारीक कुरा सार्वजनिक भएका छैनन्। त्यसैले यो सिजन सकिएपछिका लागि उनीहरुबीच सम्झौता नहुनु भनेको मेस्सी क्लबबाट बाहिरिनु हो भन्ने अर्थ लाग्दछ।

मेस्सीले यो सिजनमा धेरै खेलमा सहभागिता जनाएका छन् जसले उनी थकित छन्। त्यसैले, आगामी जुन १३ बाट सुरु हुने कोपा अमेरिकाका लागि उनी रेस्टमा रहेको क्लबले जानकारी दिएको छ।

तर, अर्जेन्टिनामा महामारीको बढ्दो प्रभावका कारण महादेशीय फुटबल समयमै सुरु हुने कुरामा पनि दुविधा उत्पन्न भइरहेको छ।

यता जारी सिजनको अन्तिम खेलमा आज राति पौने १० बजेबाट बार्सिलोनाले आइबरसँग खेल्दैछ। तर, मेस्सी हिजो(शुक्रबार)को अभ्यासमा पनि उपस्थित थिएनन्।

पछिल्लो सिजन उपाधि जित्नबाट चुकेको बार्सिलोना यो सिजन पनि उपाधि दौडबाट बाहिरिसकेको छ।
त्यस्तै, च्याम्पियन्स लिगबाट पनि बाहिरिसकेको र अन्य घरेलु कपसमेत समाप्त भइसकेको अवस्थामा बार्सिलोनाले जारी सिजनमा आज अन्तिम खेल खेल्दै थियो।
मेस्सी यो सिजनबा बार्सिलोना र ला लिगाको सर्वाधिक गोलकर्ता हुन्।

प्रकाशित: May 22, 2021| 08:40 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।