बिहीबार, माघ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ला लिगा विजेताको टुंगो लाग्दै : एट्लेटिकोलाई २०१४ पछि पहिलोपटक लिग जित्ने अवसर

ला लिगा विजेताको टुंगो लाग्दै : एट्लेटिकोलाई २०१४ पछि पहिलोपटक लिग जित्ने अवसर

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगा विश्वका प्रतिष्ठित लिगमध्ये एक हो। त्यसको आज राति हुने खेलमा निधो हुनेछ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काडमाडौं - स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगा विश्वका प्रतिष्ठित लिगमध्ये एक हो। त्यसको आज राति हुने खेलमा निधो हुनेछ। उपाधिको होडमा छन् डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र एट्लेटिको मड्रिड।

National life

यो सिजनमा ला लिगाको प्रतिस्पर्धा यति कडा छ कि अन्तिम चरणबाट मात्र विजेता टुंगो लाग्दै छ।फआज राति पौने १० बजेबाट सुरु हुने खेलमा एट्लेटिकोले भालाडोलिडलाई हराउन सके मात्र उसले उपाधि जित्ने छ।

यदि एट्लेटिको बराबरीमा रोकियो र दोस्रो स्थानको रियल मड्रिडले आज सोही समय हुने खेलमा जित निकालेको अवस्थामा दुवै टिमको समान ८२ अंक हुनेछ। यस्तो अवस्थामा भने हेड टू हेडमा अघि रहेको रियल मड्रिडले लिग जित्ने छ।

त्यसबाहेक एट्लेटिको मड्रिडले हार बेहोरेर रियलले जित निकालेको अवस्थामा पनि रियलले उपाधि जित्ने छ। स्पेनिस लिगमा सदाजसो रियल र बार्सिलोनाकै दबाब रहने गर्दछ।

रियलले ३४ पटक उपाधि जितिसकेको छ। बार्सिलोनाले पनि २६ उपाधि जितिसकेको छ। एट्लेटिकोल चाहिँ रियलको एकतिहाइ भन्दा कम १० पटक जितेको छ।

Laxmi sunrise bank
kumari

एथ्लेटिको बाल्बियो, भ्यालेन्सिया, रियल सोसिडाड, डिपोर्टिभो, सेभिया र रियल बेटिसले क्रमशः ८, ६, २, १, १ र १ पटक जितेका छन्।

२१ औं शताब्दीमा रियल र भ्यालेन्सियाले एक–एक पटक उपाधि जितेका छन्। बाँकी सबै उपाधि रियल र बार्सिलोनाले आफ्ना पोल्टामा पारेका छन्।

ती दुई क्लबको दबदबा रहेको अवस्थामा अहिले एट्लेटिकोले आफूलाई स्थापित गर्ने अवसर पाएको छ। यदि उसले उपाधि जिते ठूलो रकमको पुरस्कार पाउने छ। राम्रो स्पोन्सर पाउने छ, जसले उसलाई अझ राम्रा खेलाडी किन्न प्रोत्साहन मिल्ने छ।

पछिल्लो २५ वर्षमा एक मात्र उपाधि जितेको एट्लेटिकोलाई इतिहास रच्ने अर्को अवसर छ।

स्पेनको राजधानी मड्रिडमा १९०३ अप्रिलमा स्थापना भएको एट्लेटिकोले १८३९–४० को सिजनमा पहिलोपटक उपाधि जितेको थियो। त्यसपछि उसले ३३ उपाधि जितिसकेको छ।

त्यसमा उसले १९४०–४१, १९४९–५०, १९५०–५१, १९६५–६६, १९६९–७०, १९७२–७३, १९९५–९६ मा पनि उपाधि जितेको थियो।

आज रातिकै खेलमा बार्सिलोनाले पनि आइबरसँग प्रतिस्पर्धा गर्नेछ। तर, बार्सिलोना उपाधि होडमा हुने छैन। उसले तेस्रो स्थान सुरक्षित गरिसकेको छ। गएको वर्ष दोस्रो स्थानमा रहेको बार्सिलोनाले यो वर्ष तेस्रो स्थान सुरक्षित गरेको हो।

यता सेभियाले पनि शीर्ष चारमा स्थान बनाउँदै आउँदो सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ। तालिकाको शीर्षस्थानमा रहेका एट्लेटिको र रियलको दुई अंक फरक रहेर ८३ र ८१ अंक छ।

तेस्रो र चौथो स्थानका बार्सिलोना तथा सेभियाको पनि दुई अंक फरक भएर ७६ र ७४ अंक छ।

आज राति नै ला लिगाको रेलिगेसनमा पर्ने टिमको पनि टुंगो लाग्ने छ। आइबर रेलिगेट भइसकेको छ। त्यसमाथिका भालाडोलिड, एल्चे र ह्वेस्कामध्ये दुई टिम रेलिगेसनमा पर्नेछन्।

प्रकाशित: May 22, 2021| 01:26 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।