शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • ‘सूर्यवंशम’को १२ वर्ष : प्लेन दुर्घटनामा बितेकी थिइन् अमिताभकी हिरोइन 

‘सूर्यवंशम’को १२ वर्ष : प्लेन दुर्घटनामा बितेकी थिइन् अमिताभकी हिरोइन 

भलै रिलिज ताका ‘सूर्यवंशम’ फ्लप भएको थियो तर पनि आजसम्म बलिउडमा यसको चर्चा उत्तिकै हुन्छ। यो फिल्म सन् १९९९ को मे २१ तारिख रिलिज भएको थियो। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

भलै रिलिज ताका ‘सूर्यवंशम’ फ्लप भएको थियो तर पनि आजसम्म बलिउडमा यसको चर्चा उत्तिकै हुन्छ। यो फिल्म सन् १९९९ को मे २१ तारिख रिलिज भएको थियो। 

National life

फिल्ममा अमिताभ बच्चनको अपोजिटमा दक्षिण भारतीय फिल्मकी अभिनेत्री सौन्दर्या रघु देखापरेकी थिइन्। फिल्म रिलिजको ५ वर्षपछि उनको निधन भयो। त्यो समय उनी ३१ वर्षकी थिइन् र गर्भवती थिइन्। तर, उनको परिवारले उनको मृत शरीरसम्म फेला पारेन।  

सौन्दर्याले सन् १९९२ मा कन्नड फिल्म ‘गंधर्व’बाट ठूलो पर्दामा डेब्यू गरेकी थिइन्। त्यही वर्ष उनले तेलुगु भाषाको फिल्म ‘रैठु भारतम’मा काम गरेकी थिइन्। १२  वर्षको फिल्म करिअरमा उनले ११४ वटा फिल्ममा काम गरिन् ।  कन्नडमा बनेको उनको अन्तिम फिल्म ‘अफ्टामित्रा’ सन् २००४ मा रिलिज भएको थियो। 

यसरी भएको थियो उनको निधन

घटना १७ अपिल २००४ को हो । सान्दर्या भारतीय जनता पार्टी र तेलुगु देशम पार्टीका उम्मेद्धारको चुनाव प्रचारका लागि करीमनगर गइरहेकी थिइन्। बिहान ११:०५ बजे फोर सिटर प्राइभेट एयरक्राफ्टमा बंगलुरुको लक्कुर एयरफील्डबाट उडान भरेकी थिइन् र करिब १ सय फिट माथि जानेवित्तिकै प्लेन दुर्घटना भइदियो। 

Laxmi sunrise bank
kumari

एयरक्राफ्टमा सौन्दर्याका अलावा उनका भाइ अमरनाथ, हिन्दु जागरण समितिका सेक्रेटेरी रमेश कदम र पाइलट जाँय फिलिप पनि सहभागी थिए। चारैजनाको निधन यही दुर्घटनामा भयो । निधनको केही दिनअघिमात्रै सौन्दर्याले भाजपा प्रवेश गरेकी थिइन्। 

सौन्दर्याको असली नाम सौम्या सत्यनारायाण थियो। उनको जन्म १८ जुलाई १९७२ मा कर्नाटकको कोलारमा उद्योगीसमेत रहेका कन्नड फिल्मका लेखक के.एस.नारायणको घरमा भएको थियो। निधनको करिब एक वर्षअघि सन् २००३ मा सौन्दर्याले सफ्टवेयर इन्जिनियर जी.एस रघुसँग बिहे गरेकी थिइन्।

प्रकाशित: May 21, 2021| 08:40 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्