काठमाडौं – कोपा अमेरिका २०२१ को सह आयोजनको अवसर पाएको कोलम्बिले अब कुनै पनि खेल होस्ट नगर्ने भएको छ। कोलम्बियाका जनाताले प्रतियोगिताको विरोधमा अन्दोलन चर्काएपछि कोलम्बियाले आयोजनाबाट हात धुनु परेको हो।
यो प्रतियोगिता कोलम्बियाको इतिहासको १०५ वर्षमा पहिलो पटक अर्जेन्टिना र कोलम्बियाले मिलर आयोजना गर्न लागेका थिए। तर, अहिले कोलम्बियामा सरकारविरोधि वृहत आन्दोलन भइरहेको छ। उनीहरूले कोपा लिबरेटर्सका खेलहरु पनि अवरुद्ध गरिसकेका छन्।
यसकारण आउँदो जुन १३ देखि १० जुलाइसम्म हुने १० टिम सम्मिलित महादेशीय प्रतियोगितको फाइनल अब कोलम्बियाको बारान्किजामा हुनेछैन्। दक्षिण अमेरिकी फुटबल कनफेडेरेसनले कोलम्बियाले खेललाई नोभेम्बरमा सिफ्ट गर्न अस्विकार गर्दै कोलम्बियाबाट खेल स्थानान्तरण गरेको हो।
‘अहिलेको अवस्थालाई मध्यनगर गर्दै २०२१ को कोपा अमेरिकाको कोलम्बियामा निर्धारित खेललाई अन्यत्र सार्ने कुरामा हामी प्रतिबद्ध छौं,’ कन्फेडेरेसनले भनेको छ।
महासंघले अहिले अर्जेन्टिनालाई सबै प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ।
प्रतियोगितालगायत विभिन्न कुरालाई लिएर कोलम्बियामा अएको अप्रिलबाट आन्दोलन सुरु भएको थियो। त्यहाँको सरकारले विवादित ट्याक्स लागाउन खोजेपछि सुरु भएको अन्दोलनले पछि विभिन्न रुप परिवर्त गरेका कारण अन्य कार्यक्रम पनि विवादमा आएका हुन्।
विवादित करबारे सकारले निर्णय फिर्ता लिइसकेको भए पनि आन्दोलन भने रोकिएको छैन् त्यसपछि प्रहरी दमन, कम ज्यालादारी र युवाहरूलाई अवसर कम प्रदान गरिएको लगायत विषयमा आन्दोलन मोडिएको छ।
यही आन्दोलनमा पछिल्लो मुद्दा कोपा अमेरिका पनि मुछिएको थियो। यसकारण प्रतियोगिताका केही खेल पाराग्वे र युक्वेडरमा हुन सक्नेछ।
कोभिड १९ को महामारीले ठूलो मानविय क्षति गरेको कोलम्बियमा मे ३१ सम्मका लागि लकडाउन गरिएको छ।