बिहीबार, असार २५, २०८३

टोक्यो ओलम्पिकको तयारीमा कराँते खेलाडी

ओलीम्पिक आयोजनामै बादल मडारिरहेको अवस्थामा पनि विश्वभरीका ओलम्पिक खेलाडीहरू त्यसको तयारी गरिरहेका छन्। त्यसरी नै विभिन्न विधाका नेपाली खेलाडीहरुले पनि ओलम्पिककको तयारी गरिरहेका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं - ओलीम्पिक आयोजनामै बादल मडारिरहेको अवस्थामा पनि विश्वभरीका ओलम्पिक खेलाडीहरू त्यसको तयारी गरिरहेका छन्। त्यसरी नै विभिन्न विधाका नेपाली खेलाडीहरुले पनि ओलम्पिककको तयारी गरिरहेका छन्।

आउँदो जुलाई २३ बाट जापानको टोक्योमा सुरु हुने ओलम्पिक २०२० मा वाइल्ड कार्डबाट सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त छन्।

कोभिड १९ महामारीका बढिरहेका कारण कराँतेका अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहेका छ। र, उनीहरुको लक्ष्य ओलम्पिकमा सहभागिता रहेको छ।

अधिकारी र रसाईली वाइल्ड कार्डमार्फत् सहभागिता जनाउने लक्ष्यकासाथ अभ्यासमा उत्रिएका हुन्।

खेलाडीलाई अभ्यास दिइरहेका कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले महामारीका बीच पनि तयारी गरिरहेको बताए।

वाइल्ड कार्डबाट ढोका खोल्ने लक्ष्य राखेका खेलाडीले २०२१ मा जापानमा हुने ओलम्पिकका लागि अभ्यासलाई निरन्तरता दिइरहेका हुन्। टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्षका लागि धकेलिए पनि तयारी गरिरहेका खेलाडीमा महामारीले अन्योल छाएको छ।

नेपाली खेलाडीमा पनि त्यसको असर देखियो अनि अभ्यास केही समय स्थगित पनि भयो। तर, सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेललाई पूर्ण रुपमा स्वास्थमापदण्ड पालना गदै अभ्यासको अनुमति सँगै नेपाली खेलाडी पनि अभ्यासमा व्यस्त भएका हुन्।

तयारीमा रहेका खेलाडीलाई स्वास्थ्य मापदण्ड अपनाएर अभ्यासलाई निरन्तरता दिन निर्देशन दिएको प्रशिक्षक श्रेठले बताए।

टोकियो ओलम्पिक आयोजना हुने नहुने अझै अनिश्चित छ। विभिन्न स्तरमा प्रतियोगिता रोकिने चर्चा चलिरहेका छन् भने आयोजकले स्वास्थ मापदण्डलाई कठोर रुपमा पालना गर्दै प्रतियोगिता सम्पन्न गर्ने जनाइरहेको छ। अन्योलबीच खेलाडीको मनोबललाई उच्च राख्नका लागि अभ्यासलाई निरन्तरता दिइरहेको बताउँछन् प्रशिक्षक श्रेष्ठ।

ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डका लागि तयारीमा रहेका १२ खेलाडी मध्ये करातेका अनु अधिकारी र नविन रसाइलीले अभ्यास गरिरहँदा अन्यको अभ्यास भने चुस्त हुन सकेको छैन।

१२ खेलाडी वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन्। स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ।

प्रकाशित: May 20, 2021| 06:54 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।