बिहीबार, असार २५, २०८३

एसियन च्याम्पियनसिप खेल्न जाने बक्सिङ टिम अन्योलमा

एशियाको सबै भन्दा ठूलो बक्सिङ प्रतियोगिता एएसबीसी एलिट मेन्स एवं वुमेन्स बक्सिङ च्याम्पिनयसिपन २०२१ मा नेपालको सहभागी बन्ने सम्भावना न्युन बन्दै गएको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं – एशियाको सबै भन्दा ठूलो बक्सिङ प्रतियोगिता एएसबीसी एलिट मेन्स एवं वुमेन्स बक्सिङ च्याम्पिनयसिपन २०२१ मा नेपालको सहभागी बन्ने सम्भावना न्युन बन्दै गएको छ।

दिल्लीमा आयोजना हुने भनिएको प्रतियोगिता कोभिड १९ को महामारी बढेसँगै यूएईमा सारिएको थियो। तर, पछिल्लो समय नेपालमा पनि महामारीको दर बढ्दै गएको अवस्थामा बक्सिङमा सहभागिताको सम्भावना क्षिण बन्दै गएको हो।

अब आउँदो मे २४ देखि ३१ मेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुने प्रतियोगिताका लागि नेपालका सात खेलाडी सहभागी गइराइने तयारी थियो।

‘बक्सिङ संघले मिति २०७७ चैत्र २९ देखि ३१ सम्म देशव्यापी रुपामा १५ भिन्नभिन्न तौल समूहमा खेलाडी छनोट गरि उत्कृष्ट सात खेलाडी (महिला २ जना र पुरुष ५ जना) सहभागी गराउने निर्यण अनुरुप विगत दुई महिनादेखि लगातार प्रशिक्षणको व्यवस्था गरेको थियो,’ संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

अन्तिम तयारी स्वरुप सबै खेलाडीको पीसीआर परीक्षण गरेर   स्वास्थ्य मापदण्ड पालना गराई तीन हप्तादेखि नेपाली टिम होटेलबाट बन्द प्रशिक्षणमा सहभागी बनिरहेको थियो। 

तर, नेपालमा बढ्दो अवस्थामा रहेको विद्यमान कोरोना भाइरस महामारीको कारण सरकारले मे ३१ सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेका कारण नेपाली खेलाडीको सहभागीता न्यून बनेको हो।

‘संघले विभिन्न एयरलाइन्ससँग सम्पर्क गरी संभावित चार्टर फ्लाईटको प्रयास गर्दासमेत कतैबाट कन्फर्मेसन आएको छैन। यस सम्बन्धि सबै जानकारी राष्ट्रिय खेलकुद परिषद, एशियन बक्सिङ्ग एएसबीसी र आईबामा गराई सकेका छौं,’ संघले विज्ञप्तिमा लेखेको छ, ‘एएसबीसीले पहिलो पटक प्रथम हुनेलाई १० हजार अमेरिकी डलर, दोस्रो हुनेलाई पाँच हजार र तेस्रो हुने दुई जनालाई दुई हजार ५०० डलर पुरस्कारको व्यवस्था गरेएको थियो।  प्रतियोगिता खेलाडीको व्यक्तिगत र्‍याङ्‍किङ्‍ सुधारको लागि महत्वपूर्ण थियो।’

अन्तर्राष्ट्रिय उडान प्रभावित बनेपछि बक्सिङको प्राविधिक विकासका लागि चार वर्षको प्रयासबाट प्राप्त आईबी इन्टरनेसनल ट्रेनिङ अफिसरको दुई वटा कोटामा छनोट भएका नेपाली प्राविधिकहरू पनि तालिममा सहभागी हुने सम्भावना पनि कम भएको संघले बताएको छ।

संघले नेपालबाट सम्भव नभए  इन्डियाको बक्सिङ फेडेरेसनको सहयोगमा यूएई जाने समन्वय थालेको जानकारी दिएको छ।

प्रकाशित: May 20, 2021| 05:19 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।