बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टाइसन फुरीमाथि बक्सिङको स्तर खस्काएको र समर्थकलाई ढाँटेको आरोप

टाइसन फुरीमाथि बक्सिङको स्तर खस्काएको र समर्थकलाई ढाँटेको आरोप

इंग्लिस बक्सर एन्थोनी जोसुवाले अर्को ब्रिटिस बक्सर टाइसन फुरीलाई बक्सिङको स्तर खस्काएको र समर्थकलाई ढाँटेको आरोप लगाएका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं – इंग्लिस बक्सर एन्थोनी जोसुवाले अर्को ब्रिटिस बक्सर टाइसन फुरीलाई बक्सिङको स्तर खस्काएको र समर्थकलाई ढाँटेको आरोप लगाएका छन्।

उनीहरूबीचको प्रतिस्पर्धा स्थगित भएपछि जोसुवाले फुरीलाई फाइटर फ्रडको आरोप लाएका हुन्।

जोसुवा र फुरीबीच आउँदो अगस्टमा साउदी अरेबियामा प्रतियोगिता निश्चित भएको थियो। तर, एक मध्यस्थता सुनावाईबाट उनले त्यसपहिले अमेरिकी खेलाडी डियोन्टी वाइल्डरसँग खेल्नुपर्ने भएको छ।

‘उनले बक्सिङको स्तर खस्काएका छन, उनले समर्थकलाई ढाँटे र उनको मेरो नाम उनले आफ्नो फाइदाको लागि प्रयोग गरे फाइटको लागि गरेनन्,’ जोसुवाले समाजिक सञ्जालमा लेखेका छन्।

आउँदो १४ अगस्टमा साउदी अरेबियामा जोसुवा र फुरीबीचको खेल निर्धारण भएको खेल २४ घण्टा नबित्दै फुरीको अर्को फाइट निर्धारण भएको थियो।
३२ वर्षे फुरी दुई पटकको हेविवेटतर्फका विश्व विजेता हुन्। पहिलो खेल स्थगित भएपछि उनी २०२० को फ्रेब्रुअरीमा दोस्रो उपाधि जितेका थिए।

‘यदी मध्यस्थता र सुनुवाई बाँकि नै थियो भने किन हामीबीच खेल हुँदैछ भनेर विश्वलाई ढाँटियो ? फाइटा साइन भइसकेको थियो,’ उनले फुरीलाई सन्देश पुर्याउने उद्देयले ट्वीट गरेका छन्।

प्रकाशित: May 20, 2021| 03:37 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।