बिहीबार, असार २५, २०८३

लिभरपुलको च्याम्पियन्स लिग पुग्ने बलियो सम्भावना

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले अन्तिम चारको आशा अझै बाँकि राखेका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं – लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले अन्तिम चारको आशा अझै बाँकि राखेका छन्। लिभरपुलको बुधबार रातिको खेलमामा बर्नलीलाई हराएर अन्तिम चारमा उक्लिएपछि शीर्ष चारको आशा कायम रहको हो।

अहिले लिभपुलले ३७ खेलबाट ६६ अंक बनाएको छ। समान ६६ अंक बनाएको लेस्टर सिटीलाई हेड टू हेडमा पछि पार्दै लिभरपुल शीर्ष चारमा उक्लिएको हो।

शीर्ष चारमा पर्न सकेन युरोपियन च्याम्पियन्स लिग खेल्न पाइने भएकाले उसलाई शीर्ष चारमा पर्न निकै दबाब थियो।

त्यसैले दुई खेल बाँकि रहेको अवस्थामा प्रशिक्षक क्लपले गएरातिको खेललाई सेमीफाइनल र आउँदो शनिबार लिभरपुलले १३ स्थानको त्रिस्टल प्यालेससँगै खेल्नेछ।

गएको शनिबार राति लिभरपुलले वेस्ट ब्रुममाथि जित निकालेपछि उनसले च्याम्पियन्स लिगको आशा कायम राखेको थियो। त्यसले गएरातिको खेलमा पनि ३–० गोलको जितका लागि  रोबर्टो फर्मिर्नो, नाथनियल फिलिप्स र एलेक्स ओक्जालड–च्याम्बिरलियनले गोल गरेका थिए।

फर्मिनोले ४३ औं मिनेटमा गोल गरेपछि ब्याक टू फर्म भएको लिभरपुलले खेलमा पकड बनाएको थियो। फिलिप्सले क्लबका लागि पहिलो गोल गरेपछि र च्याम्बिरलियनले अन्तिम समयमा गोल गरेपछि खेलमा लिभपुलले कब्जा जामायो। जस लिभरपुलको गोल फरक बढाउन सहयोग गरेको छ।

अब उसले १० हजार रेलु समर्थकमाझ अन्तिम खेल घरेलु मैदान एनफिल्डमा खेल्नेछ। समर्थक मैदान फर्किएपछि लिभरपुलाई जित्न निकै सकस पर्ने देखिन्छ।

‘अहिले नै च्याम्पियन्स लिगमा पर्ने वा नपर्ने निर्क्योल भएको छैन तर शनिबारको खेलले निर्धारण गर्नेछ,’ क्लपले  खेलपछि भने, ‘म समर्थकले भरिएको मैदानमा खेल्न अत्यन्तै उत्साहित छु।’

प्रकाशित: May 20, 2021| 02:24 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।