बिहीबार, असार २५, २०८३

पीएसजीले १४औं पटक जित्यो फ्रेन्च कपको उपाधि

बुधबार राति सम्पन्न फ्रेन्च कप फाइनल खेलमा मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन पीएसजीले उपाधि जितेको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं - बुधबार राति सम्पन्न फ्रेन्च कप फाइनल खेलमा मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन पीएसजीले उपाधि जितेको छ।

स्टेट डि फ्रान्स रंगशालामा सम्पन्न फाइनल खेलमा पीएसजीले मोनाकोलाई २–० गोलअन्तरले हराएको हो।

पीएसजीको जितका लागि पहिलो हाफमा माउरो इकार्डी र दोस्रो हाफमा केलियन एम्बप्पेले गोल गरेका थिए।

खेलको १९औं मिनेटमा मोनोकोका सेन्ट्रल डिफेन्सले गोल रक्षा गर्न चुकेपछि एम्बाप्पेले गरेको क्रसमा इकार्डीले गोल गरेका थिए। यो गोलसँगै खेललाई नियन्त्रण गरेका पीएसजीले ५६ प्रतिशत पोसेसन राखेको थियो।

खेल अवधिभर सात प्रहार गरेको पीएसजीको ८१औं मिनेटको प्रहार पनि सफल भएको थियो। त्यो घडिमा डि मारियाले दिएको बललाई एम्बाप्पेले पोस्ट चुमाएका थिए। भीएआरमा पनि अफसाइड नदेखिएपछि रेफ्रीले गोललाई मान्यता दिए।

यससँगै पीएसजीले १४औं पटक फ्रेन्च कपको उपाधि जितेको छ। फ्रान्सको प्रतिष्ठित कप पीएसजीपछि सर्वाधिक विजेता मार्सेल्ली बनेको छ। एसले १० पटक जितेको छ भने सेन्ट इटिएन र लिल्लले समान ६ पटक जितेका छन्।

प्रकाशित: May 20, 2021| 01:50 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।