शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

किन बारम्बार गइरहेको छ भूकम्प?

त्रिचन्द्र क्याम्पसका भूगर्भ विभाग प्रमुख अनन्त गजुरेल यसलाई ०७२ कै परकम्प भएको बताउँछन्। 'परकम्प यति वर्षसम्म जान्छ भन्न सकिँदैन। ठूलो भूकम्प गएपछि उक्त क्षेत्रभित्र लामो समयसम्म परकम्प गइरहन्छन्', उनले भने। उनी बिस्तारै परकम्पको संख्या घट्दै जाने बताउँछन्।
 |  बुधबार, जेठ ५, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बुधबार, जेठ ५, २०७८

काठमाडौं - नेपालमा २०७२ वैशाख १२ यता ४ म्याग्निच्युटभन्दा ठूला ५५५ परकम्प गइसकेका छन्। केही समयअघि दोलखा केन्द्रविन्दु बनाएर ७.३ म्याग्निच्युटको परकम्प गएको थियो। विज्ञहरू यी सबै भूकम्प २०७२ वैशाख १२ कै परकम्प भएकाे बताउँछन्।

triton college

आज मात्रै लमजुङको मर्स्याङ्दी गाउँपालिका खुदी भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युटको भूकम्प गयो। भूकम्पबाट धेरै घर भत्किएका छन् भने केही घाइते भएका छन्। त्रिचन्द्र क्याम्पसका भूगर्भ विभाग प्रमुख अनन्त गजुरेल यसलाई ०७२ कै परकम्प भएको बताउँछन्। 'परकम्प यति वर्षसम्म जान्छ भन्न सकिँदैन। ठूलो भूकम्प गएपछि उक्त क्षेत्रभित्र लामो समयसम्म परकम्प गइरहन्छन्', उनले भने। उनी बिस्तारै परकम्प घट्दै जाने बताउँछन्।

उनी भन्छन्, '०७२ मा दिनमै सयौं परकम्प जान्थे। तर अहिले घट्दो क्रममा छ।' लमजुङमा आज ठूलो परकम्प गएकाले त्यसको सहायक परकम्पका रुपमा थप दुई परकम्प गएको उनकाे भनाइ छ। चार म्याग्निच्युटभन्दा कम परकम्पले असर नगर्ने भएकाले  त्यति चासाे दिइँदैन।

परकम्पको केन्द्रविन्दु भएको ठाउँमा बढी असर हुन सक्ने उनी बताउँछन्। 'पहिले नै जमिन हल्लिएको हुन्छ। ठूलो भूकम्पले संरचनालाई कमजोर बनाएको हुन्छ। परकम्प आउँदा त्यही कमजोर बनेको संरचना भत्किने हो। यसले मुख्य भूकम्पको जस्तो क्षति भने गर्दैन', गजुरेल भन्छन्। 

Metro Mart
vianet

भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइराला आज गएको परकम्प भएकाले नआत्तिन आग्रह गर्छन्। तर सावधानी भने अपनाउनुपर्ने उनकाे सुझाव छ। विज्ञहरु परकम्प र भूकम्पमा धेरै फरक नहुने बताउँछन्। 

'परकम्प भनेको त्यो ठूलो भूकम्पको असर सकिएको छैन भन्नेमात्रै हो', काेइरालाले भने, 'शक्तिकै कुरा गर्ने हो भने पनि भूकम्प र परकम्प भनेर फरक पर्दैन। परकम्पले पनि भूकम्पले जस्तै ठूलो क्षति पुर्‍याउन सक्छ।' भूकम्पबाट जोगिन संरचना बलियो बनाउनुपर्ने उनको भनाइ छ।

भूकम्पले आफैं क्षति गर्ने नभई हामीले निर्माण गरेका संरचनाबाट ठूलो क्षति हुने भएकाले भौतिक संरचना निर्माण गर्दा ध्यान दिनुपर्छ।

'हामीले बनाएका संरचना कमजोर भए भने त्यसभित्र परेर मानवीय र अन्य क्षति हुने हो,' काेइरालाले भने, 'त्यसैले जहिले पनि भूकम्प जानसक्छ भनेर संरचना बनाउँदा बलियो बनाउनुपर्छ।'

किन जान्छ भूकम्प?

त्रिचन्द्र क्याम्पसका भूगर्भ विभाग प्रमुख गजुरेल भारतीय उपमहाद्वीप चुरे पर्वतको मुनि ठाउँठाउँमा दुईदेखि तीन सेन्टिमिटरका दरले प्रतिवर्ष जमिन उत्तरतिर घुसिरेहकाे बताउँछन्।

'त्यसरी जमिन घुस्ने शक्तिलाई घुस्न नदिने शक्तिले रोक्न खोज्छ। यसरी रोकिँदा शक्ति सञ्चलन हुन्छ। निरन्तर रोकिरहने कार्य बलियो बन्दा एक दिन त्यो फुट्छ र भूकम्प जान्छ', उनी भन्छन्। 

हिन्द महासागरको दक्षिणी भागमा पानीमुनि चट्टानी पहाड छ। उनी भन्छन्, 'भूगर्भबाट पग्लेको चट्टान समुद्रको सतहमा आउँछ। त्यसको शक्तिले समुद्रको सतहलाई धकेल्छ। त्यसकाे असर भारतीय उपमहादीपमा पर्छ।  त्यसको ठेलिएको भूभाग हिमालयको गर्भमा छिर्छ। त्यसरी छिर्दा प्रतिघर्षण शक्तिले रोक्छ। त्यसले रोक्न नसक्दा भूकम्प जान्छ।'

त्रासमा लमजुङवासी

भूकम्पले पटकपटक घर हल्लाउँदा आफूहरू त्रसित बनेको लमजुङवासीले बताएका छन्। बेसीसहर नगरपालिका-१ की टीका बस्याल बिहानै उठेर ‘फ्रेस’ हुँदा भूकम्पले हल्लाएर निकै आत्तिएको बताउँछिन्। 

उनले नेपाल समयसँग टेलिफाेनमा  भनिन्, 'बिहान ५:४२ मा एक्कासि घर हल्लियो। हामी निकै आत्तियौं। के गर्ने-गर्ने भयो। परिवारका सबै सदस्यलाई हतार-हतार उठाएर बाहिर भागें। आत्तिएर भाग्दा देवर काशीराम बस्याल लड्नुभयो। उहाँको त छातीमा सामान्य चोट  लाग्यो। उनले २०७२ वैशाख १२ गतेको झल्को दिने गरी घर हल्लाएकाे र शरीर लगलग काँपेको बताइन्।

चार घाइते, एक दर्जन घरमा क्षति

भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन्। घाइते हुनेमा बेसीसहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नम्बर ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नम्बर ८ का २९ वर्षीय खुसीमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका अनुसार उनीहरूमध्ये खुसीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लागेर घाइते भएका हुन्।

घाइतेको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ। उनीहरूको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताए। घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग पुरिएको थियो।

त्यसपछि स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्‍याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो छ।

उमासहित उनकी छोरी श्रुति गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भूकम्प गएको थियो। श्रुति मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइते हुनबाट जोगिएको उनले बताइन्। श्रुतिले भनिन्, 'घरमा ममी र म मात्र थियौं, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कियो कता कसरी बस्ने भइहेको छ।'

प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले घाइते उनीहरूको घरसहित बेसीसहर–१ का शम्शेर परियार, वडा नम्बर ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नम्बर ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मर्स्याङ्दी–३ तरापुका वासुदेव खत्रीको घरमा क्षति पुगेको छ। 

त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेसीसहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ।क्षति भएका अधिकांश घर ढुंगामाटा बनेका छन्। 

भूकम्पले तनहुँको व्यास नगरपालिका-१४ मा पनि एक घर भत्किएको छ। व्यास-१४ कुलुङका कृष्णबहादुर कामीको घरमा भूकम्पले क्षति पुर्‍याएको हो। २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए। मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएकाे छ।

र यो पनि,

लमजुङ केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युटकाे भूकम्प

लमजुङमा भूकम्पले पुर्‍यायो क्षति (फोटो फिचर)

प्रकाशित: May 19, 2021| 08:01 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।