बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘सेक्स टेप ब्ल्याकमेल’को आरोप लागेका बेन्जेमा ६ वर्षपछि राष्ट्रिय टिममा फर्किए

‘सेक्स टेप ब्ल्याकमेल’को आरोप लागेका बेन्जेमा ६ वर्षपछि राष्ट्रिय टिममा फर्किए

रियल मड्रिड एवम् फ्रेन्च नेसनल फुटबल टिमका फरवार्ड करिम बेञ्जेमा ६ वर्षपछि राष्ट्रिय टिममा फर्किएका छन्।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं – रियल मड्रिड एवम् फ्रेन्च नेसनल फुटबल टिमका फरवार्ड करिम बेञ्जेमा ६ वर्षपछि राष्ट्रिय टिममा फर्किएका छन्।

आगामी महिना सुरु हुने युरो कपका लागि फ्रान्सले बोलाएको राष्ट्रिय २६ खेलाडी सम्मिलित टिमको खेलाडीमा बेञ्जेमा समेटिएका हुन्।

उनले २०१५ यता आफ्नाे देशका लागि खेल्न पाएका छैनन्। आफ्नो करिअरको राम्रो अवस्थामा हुँदा पनि उनले तीन वर्ष अघिको विश्वकपमा अवसर पाएका थिएनन्।

साथै उनले २०१६ को युरोकप पनि उनले गुमाएका थिए। उनीमाथि आफ्नै टिममेट माथ्थिउ वाबेउनालाई ‘सेक्स टेप’बारे ब्ल्याकमेल गरेको आरोप लागेपछि उनी टिमबाट बाहिरिनु परेकाे थियो।

उनले टिमका अर्का खेलाडीलाई ब्ल्याकमेलर्सलाई पैसा दिन दबाब दिएका थिए। यता २०२१ को सुरुमा फ्रेन्च अभियाजकले उनलाई ट्रायल दिनुपर्ने बताएका थिए।

यता उनीसँगै टोटेनहम हट्सपरका मोउसा सोसोको, एभर्टनका लुकास डिग्न, चेल्सीका कुर्ट जोउमा, आलिभिए जिरु र एनगोलो कान्टेका साथै युनाइटेडका पाउल पोग्बा पनि टिममा छन्।

फ्रान्सका लागि फरवार्ड बेञ्जेमाले ८१ खेलमा २७ गोल गरेका छन्। युरो कप जुन ११ बाट युरोपका विभिन्न ११ सहरमा आयोजना हुँदैछ।

फ्रान्सले जुन १५ मा पहिलो खेल जर्मनीविरुद्ध खेल्ने छ।

प्रकाशित: May 19, 2021| 02:29 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।