बिहीबार, असार २५, २०८३

बराबरीमा रोकियो युनाइटेड, चेल्सीको सहज जित

म्यानचेस्टर युनाइटेड मंगलबार राति सम्पन्न प्रिमियर लिगको खेलमा बराबरीमा रोकिएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं - म्यानचेस्टर युनाइटेड मंगलबार राति सम्पन्न प्रिमियर लिगको खेलमा बराबरीमा रोकिएको छ। युनाइटेडको ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टिम पाहुना टोली फुलह्यामसँग बराबरीमा रोकिएको हो।

खेलको १५ औं मिनेटमा एडिसन काभानीले गोल गर्दै अग्रता बनाए पनि युनाइटेडले दोस्रो हाफमा सो अग्रता गुमाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको युनाइटेडविरुद्ध ७६ औं मिनेटमा फुलह्यामका जोय ब्रयनले गोल गरे।

यो बराबरीसँगै एक अंक पाएको युनाइटेडले दोस्रो स्थान पक्का गरेको छ। यता फुलह्याम भने रेलिगेसनमा परिसकेको छ। फुलह्यामसँगै वेस्ट ब्रुम र शेफिल्ड युनाइटेड पनि रेलिगेसन भइसकेका छन्।

मंगलबार रातिकै अर्को खेलमा चेल्सीले लेस्टर सिटीविरुद्ध २–१ गोलको जित निकालेको छ। पहिलो हाफ गोलरहित बराबरी भएपछि दुवै टिमले दोस्रो हाफमा गोल गरे।

खेलको ४७ औं मिनेटमा चेल्सीका एन्टोनियो रुडिजरले गोल गरे भने जर्गिन्होले खेलको ६६ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए।

तर, ७६ औं मिनेटमा लेस्टरका केलेचीले एक गोल फर्काएका थिए। यद्यपि लेस्टरले पुनरागमन गर्न भने सकेन।

यससँगै ६७ अंक बनाएर चेल्सी ईपीएलको तेस्रो स्थानमा कायम छ। चेल्सीभन्दा एक अंकले पछि परेको लेस्टर चौथो स्थानमा छ।

प्रकाशित: May 19, 2021| 01:38 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।