बिहीबार, असार २५, २०८३

ईपीएल : ब्राइटोनले हरायो प्रिमियर लिग विजेता सिटीलाई

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार रातिको खेलमा ब्राइटोनले म्यानचेस्टर सिटीविरुद्ध ३–२ गोलको जित निकालेको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं - इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार रातिको खेलमा ब्राइटोनले म्यानचेस्टर सिटीविरुद्ध ३–२ गोलको जित निकालेको छ।

ब्राइटोनको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम सिटी पराजित भएको हो। शीर्षस्थानमा १२ अंकले अघि रहेको सिटी यो सिजनमा तीन खेल अगावै उपाधि भने जितिसकको छ।

तर, जारी सिजनको बलियो टिमले २–० गोलको अग्रता जोगाउन नसक्दा ब्राइटोनले पुनरागमन जित निकालेको हो।

खेलको पहिलो मिनेटमा गोल गर्दै इल्के गुन्डोगनले सिटीलाई अग्रता दिलाएका थिए। तर, नवौं मिनेटमा जोआ क्यान्सेलोले फाल गरेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए।

१० खेलाडीमा समेटिएर दबाबमा आएपछि प्रशिक्षक पेप ग्वार्डिओलाले १४ मिनेटमै फरवार्ड फरान टोरेसका ठाउँमा डिफेन्डर इरिक गर्सियालाई मैदानमा छिराएका थिए।

उनको यो निर्णय पहिलो हाफमा सहि सावित भएको थियो। दोस्रो हाफमो ४७औं मिनेटमा सिटीले फेरि गोल गर्यो। इसपटक फिल फोडेनले बललाई नेट चुमाए।

तर खेलको ४९औं, ७१औं र ७५औं मिनेटमा पुनरागमन गोल गर्दै ब्राइटोनले जित निकाल्यो। ब्राइटोनका लागि लियन्ड्रो ट्रोसार्ड, एडम वेबस्टार, डान ब्रुनले गोल गरेका थिए।

यो जितसँगै १५औं स्थानको ब्राइटोनले ४१ अंक बनाएको छ।

प्रकाशित: May 19, 2021| 01:04 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।