बिहीबार, असार २५, २०८३

विश्वकप छनोट र इराकसँग खेल्ने नेपाली टिम घोषणा 

यही मे २९ मा इराकसँग र जुनमा एसियाकप र विश्वकपको संयुक्त छनोट खेल्नका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको छनोट गरेका छन्। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– यही मे २९ मा इराकसँग र जुनमा एसियाकप र विश्वकपको संयुक्त छनोट खेल्नका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको छनोट गरेका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सूचना जारी गर्दै नेपाली टिमका परेका खेलाडी सार्वजनिक गरेको हो। भर्खरै सम्पन्न पहिलो संस्करण नेपाल सुपर लिगमा घाइते भएका परवार्ड भरत खवास, डिफेन्डर रन्जित धिमालसँगै राष्ट्रिय टिमका अन्य केहि नियमित सदस्य टिममा स्थान बनाउनबाट चुकेका छन्। 

टिममा नपर्नेमा रबि पासवान, अमित तामाङ, सेसेहाङ आङदम्बे, दर्शन गुरुङलगायतका खेलाडी छन्। तर, उनीहरुको ठाउँमा युवा खेलाडी मनिष डाँगी, गौतम श्रेष्ठ, आयुष घलान, सुरज जिउ ठकुरीजस्ता खेलाडीले अवसर पाएका छन्। 

मे २९ मा इराकसँग खेलिसकेपछि नेपालले जुनमा विश्वकप छनोटमा चाइनिज जाइपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्नेछ। यसबाहेक नेपालले कुबेतसँगको खेल भने खेलिसकेको छ। पहिलो लेगका सबै खेल अवे खेलेको नेपालले चाइनिज ताइपेईविरुद्धको खेलमा मात्र जित निकालेको थियो। यससँगै नेपाल पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा छ। 

नेपाली टिमः

अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास
 

प्रकाशित: May 18, 2021| 11:12 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।