मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • थ्री-स्टारको प्रशिक्षक बनेपछि उर्जन भन्छन्- लिग जित्ने बाटोमा जान्छु

थ्री-स्टारको प्रशिक्षक बनेपछि उर्जन भन्छन्- लिग जित्ने बाटोमा जान्छु

‘हामीले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छौं। उनले खेलाडीका रूपमा थ्री-स्टारलाई दुई उपाधि दिलाएका छन्,’ क्लबले सूचनामा लेखेको छ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं- नेपालको प्रतिष्ठित ए डिभिजन क्लब थ्री-स्टारले मूख्य प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठलाई दिएको छ। क्लबले आफ्ना पूर्व खेलाडी श्रेष्ठलाई प्रशिक्षणको जिम्मेवारी दिएको हो। 

‘हामीले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छौं। उनले खेलाडीका रूपमा थ्री-स्टारलाई दुई उपाधि दिलाएका छन्,’ क्लबले सूचनामा लेखेको छ।

यसअघि पनि थ्री-स्टारमा प्रशिक्षकको भूमिका निर्वाह गरेका श्रेष्ठले गएको अप्रिलमा चौथो बगमती कप जितेका थिए। त्यो प्रतियोगितामा उनी उत्कृष्ट प्रशिक्षक ठहरिएका थिए।

‘खेलाडीको रुपमा मैले दुई पटक सहिद स्मारक ए डिभिज लिग जितेको छु। अब प्रशिक्षकका रूपमा पनि लिग जित्न चाहन्छु। त्यो उपाधि मेरो तेस्रो उपाधि हुनेछ,’ मूख्य प्रशिक्षकका अनुबन्ध भएपछि उनले भने, ‘मसँगै निकै राम्रा खेलाडीहरु छन्। सबै खेलाडीलाई विश्वास गर्न सक्छु।’

अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरुबीच केही दिनअघि भएको निर्णय अनुसार आउँदो कात्तिक अन्तिम सातादेखि सुरु हुँदैछ।

यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो। साफ च्याम्पियनसिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ। यसपटक लिग विजेताले ७५ लाख पुरस्कार प्राप्त गर्ने छ। यसअघि विजेताले पुरस्कार स्वरुप ५० लाख पाउने गरेका थिए।

प्रकाशित: Aug 03, 2021| 19:15 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।